संगालोखबर


विराटनगर । सेवा र विकासका लागि युवा संस्थाले विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ ।विद्यार्थीहरूको आवश्यकतालाई मध्यनजर गर्दै १३ जिल्लाका दुई हजार पाँच सय विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिने संस्थाले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।

कक्षा ८ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरिने सेवा र विकासका लागि युवाका राष्ट्रिय सचिव खगेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए ।

Advertisement

उनका अनुसार पाँचथर, उदयपुर, नुवाकोट, सप्तरी, रामेछाप, गुल्मी, अर्घाखाँची, रोल्पा, सुर्खेत, डोटी, बाँके, नवलपुर र तनहुँ  जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरूलाई सामग्री वितरण गरिने छ ।

शैक्षिक सामाग्रीमा झोला, कपी, कलम, जोमेट्री बक्स, प्राज्ञिक अंग्रेजी बोलचाल पुस्तक, नेपाली बृहत शब्दकोश र ल्यापटपसमेत छन् । उक्त शैक्षिक सामाग्री भारत सरकारले सहयोग गरेको हो ।

संस्थाका राष्ट्रिय अध्यक्ष डा.देवेन्द्र कण्डेलले विभिन्न देशबाट आएको डोनेसन समाज कल्याण परिषद्मार्फत राज्यलाई कर तिरेर ल्याइने गरेको बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!