संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । कोशी प्रदेशमा चार वर्षको अवधिमा चट्याङबाट ५१ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चट्याङका दुई सय ९५ वटा घटना हुँदा ५१ जनाको मृत्यु भएको हो ।

सो अवधिमा चट्याङबाट ८४ जना घाइते भएका छन् भने तीन सय ६६ घर प्रभावित बनेका छन् । यस्तै चार सय २० वटा चौपाया मरेका छन् । कोशीमा चट्याङबाट एक करोड ६० लाख ४५ हजार पाँच सय बराबरको धनमाल क्षति भएको प्राधिकरणले जनाएको छ ।

Advertisement

प्राधिकरणका अनुसार लुम्बिनी प्रदेशमा चार वर्षमा एक सय ८० वटा चट्याङका घटना हुँदा ५४ जनाको मृत्यु भएको छ भने एक सय ६५ जना घाइते भएका छन् । चट्याङबाट दुई सय ७६ परिवार प्रभावित हुँदा ९८ वटा पशुचौपाया मरेका छन् । प्राधिकरणका अनुसार लुम्बिनीमा चट्याङबाट तीन करोड ४९ हजार मूल्य बराबरको क्षति भएको छ ।

सो अवधिमा चट्याङबाट सुदूरपश्चिममा ३५, मधेसमा २७, बागमतीमा २५, गण्डकीमा २४ र कर्णालीमा २१ जनाले ज्यान गुमाएका छन् । प्राधिकरणका अनुसार कर्णालीमा दुई सय सात, सुदूरपश्चिममा एक सय ५८, गण्डकीमा ८४, बागमतीमा ८२ र मधेसमा २८ जना घाइते भएका छन् ।

प्राधिकरणका अनुसार नेपालमा पछिल्लो चार वर्षमा चट्याङबाट दुई सय ३७ जनाले ज्यान गुमाएका छन् भने नौ सय आठ जना घाइते भएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!