विराटनगर । कोशी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदै छ । गत वैशाख २४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रदेशसभाको बजेट अधिवेशन आज दिउँसो २ बजेका लागि बोलाइएको हो ।
आजको प्रदेशसभा बैठकमा प्रदेश प्रमुखले अधिवेशन आव्हान गरेको सूचना पढेर सुनाउने, केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८२ टेबुल हुने र प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका तर्फबाट प्रदेशसभामा धारणा राख्ने कार्यक्रम तय भएको छ ।
आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम जेठ ५ गते सोमबार प्रदेश सभामा प्रस्तुत गर्ने कार्यक्रम छ । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम प्रदेश सभामा पेस गर्ने निर्णय गरेको हो ।