संगालोखबर

विराटनगर । स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। साेमबार अमेरिकाको न्यु जर्सीस्थित न्यूयोर्क–न्यु जर्सी स्टेडियममा सम्पन्न फाइनलमा साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गर्दै स्पेन दोस्रो पटक विश्व च्याम्पियन बनेको हो।

निर्धारित ९० मिनेटसम्म दुवै टोलीबाट गोल हुन सकेन। रोमाञ्चक र प्रतिस्पर्धात्मक खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको १०६ औँ मिनेटमा वैकल्पिक खेलाडी फेरान टोरेसले निर्णायक गोल गर्दै स्पेनलाई ऐतिहासिक जित दिलाए।

खेलभर स्पेनले बलमा नियन्त्रण राख्दै लगातार आक्रमण गरे पनि अर्जेन्टिनाका गोलरक्षक एमिलियानो मार्टिनेजले उत्कृष्ट बचाउ गर्दै टोलीलाई लामो समयसम्म खेलमा टिकाइराखेका थिए। तर अन्ततः टोरेसको गोलसँगै अर्जेन्टिनाको लगातार दोस्रो विश्वकप उपाधि जित्ने सपना अधुरै रह्यो।

सन् २०१० पछि पहिलो पटक विश्वकप जितेको स्पेनले दोस्रो विश्वकप उपाधि उचाल्यो भने तीन पटककाे विश्वकप विजेता अर्जेन्टिना उपविजेतामै सीमित भएकाे छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!