लागुऔषधसहित कोशीका विभिन्न जिल्लाबाट ११ जना पक्राउ
बिराटनगर । मोरङ, झापा, उदयपुर र सुनसरीका छुट्टाछुट्टै स्थानबाट लागुऔषध गाँजा र प्रतिबन्धित औषधिसहित ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको धनपालथान गाउँपालिका–७ बाट ४९ बोरामा राखिएको १ हजार ५ ४८ किलो गाँजा प्रहरीले बरामद गरेको छ । त्यस क्रममा स्थानीय राजकुमार सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी, सुनसरीको देवानगन्ज गाउँपालिका–१ मा स्थानीय २४ बर्षीय रणधीर यादव र भारत बिहार सुपौलका २९ बर्...






























