धनकुटामा विभिन्न कार्यक्रम गरी मनाइयो गाईजात्रा
धनकुटा । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व गाईजात्रा आज धनकुटामा पनि मनाइएको छ । धनकुटासहित देशका विभिन्न ठाउँमा बसोवास गर्ने नेवार समुदायले विभिन्न कार्यक्रम आयोजना गरी यो पर्व मनाइरहेका छन् ।
गाईजात्रा पर्व विशेषगरी एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा मनाइन्छ । गाई वा मानिसलाई गाईका रूपमा सिँगारी जात्रामा सहभागी गराउने चलन छ ।
धनकुटाको श्रीवा...





























