संगालोखबर
फाइल तस्बिर

विराटनगर । सुनसरीको बराहक्षेत्र मन्दिर नजिकै रहेको कोकाहा दर्शन गर्न गएका मामा भान्जा सप्तकोसीमा डुबेर बेपत्ता भएका छन् ।

आज बिहान मन्दिर दर्शन गर्न गएका उनीहरू नदीमा डुबेर बेपत्ता भएका हुन् । इटहरी बालग्रामका ४८ वर्षीय नवराज बास्तोला र उनका भान्जा १६ वर्षीय जेनिस आचार्य बेपत्ता भएका प्रहरीले जनाएको छ ।

Advertisement

‘पारिवारिकरुपमा कोकाहा नुहाउन जानुभएको रहेछ । जसमध्ये मामा-भान्जा बेपत्ता हुनुभयो’, सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले संगालोखबसँग भने, ‘कोकाहा छेउमा एउटा भङ्गालो छ । खतरा मूल्याङ्कन नगरी त्यही पस्नु भएछ । अहिले खोजी भइरहेको छ ।’

अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले उनीहरूको खोजी गरिरहेको उनको भनाइ छ । यस्ता घटना हुन नदिन सबै जना सचेत हुनुपर्ने उनले बताए ।

‘पालिका र मन्दिर व्यवस्थापन समितिलाई मैले भर्खरै अनुरोध पनि गरेको छु’, उनले थपे, ‘खतरा र जोखिम स्थानमा प्रवेश निशेष गर्नुपर्यो । भक्तजनहरूलाई नुहाउनका लागि सुरक्षित स्थान बनाइदिनु पर्यो भनेर पहल भइरहेको छ ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!