विराटनगर । भोजपुरमा ट्याक्टरले किच्दा एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार षडानन्द नगरपालिका-१२ का ८ वर्षीय सौगात कार्कीको मृत्यु भएको हो ।
षडानन्द नगरपालिका-१४ मा को २ त ८६९७ नम्बरको रोकिराखेको ट्याक्टरमा खेलिरहेका उनलाई एक्कासि अगाडि बढेको ट्याक्टरले किचेको थियो ।
प्रहरीका अनुसार ट्याक्टर पार्किङ गरेर चालक खाना खान गएका थिए । सोही बेला बालक खेलिरहेका र अचानक अगाडि बढेको ट्याक्टर सडकबाट करिब १५ मिटर तल खस्दा उनी किचिएका थिए ।
ट्याक्टर चालक षडानन्द-१२ का २२ वर्षीय भुवन भट्टराई फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।