संगालोखबर


विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निमित्त उपकुलपति तोकिएको छ । प्रतिष्ठानका प्रवक्ता प्रा.डा. अन्जु प्रधानका अनुसार प्रा. डा.संजिव कुमार शर्मालाई निमित्त उपकुलपतिको जिम्मेवारी तोकिएको हो ।

बैशाख ४ गते प्रधानमन्त्री तथा कुलपति स्तरीय निर्णयानुसार प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा. डा. शर्मालाई नयाँ उपकुलपति सिफारिस भएर नियुक्त नभएसम्मका लागि जिम्मेवारी तोकिएको बताइएको छ ।

Advertisement

यसअघि गत चैत २६ गते उपकुलपति डा. ज्ञानेन्द्र गिरीको कार्यकाल सकिएको थियो । त्यसयता प्रतिष्ठान उपकुलपति विहीन बनेको थियो । प्रवक्ता प्रधानका अनुसार शर्मालाई आइतबार अर्थात बैशाख ७ गतेबाट निमित्त उपकुलपतिको जिम्मेवारी तोकिएको हो ।

उनले यो भन्दा पहिला पनि उपकुलपतिको जिम्मेवारी सम्हाली सकेको छन् । निमित्त उपकुलपतिको जिम्मेवारी तोकिएसँगै दैनिक प्रशासनिक, शैक्षिक तथा आर्थिक कार्य सुचारु भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!