
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ताप्लेजुङमा भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
आज बिहान गुडिरहेको यात्रुबाहक जिपमा विजुलीको तार झरेर चार जनाको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै उनले दोषीलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएका छन् ।
उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै घटनाको सत्यतथ्य छानबिन गरेर अविलम्ब दोषीलाई कानुनी दायरामा ल्याउन जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएका छन् ।
बिजुलीको तार जिपमा झर्दा आगलागी भएर चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् ।