संगालोखबर


विराटनगर । सुनसरीबाट ठूलो परिमाणको गाँजासहित एक जना पक्राउ परेका छन् । भोजपुरको अरुण गाउँपालिका-५ का २६ वर्षीय तेजेन्द्र कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गाँजा लोड गरेको गाडी नेपालतर्फ पार्किङ गरेर कार्की भारतमा लागूऔषध ब्राउनसुगर लिन गएका थिए । उनलाई मंगलबार कोशी गाउँपालिका-१ स्थित भन्सार कार्यालय नजिकबाट पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ ।

Advertisement

लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई शङ्का लागेर चेकजाँच गरेको थियो । उनको शरीर खानतलासी गर्दा प्रहरीले २ ग्राम ब्राउन सुगरसमेत बरामद गरेको छ ।

सोधपुछका क्रममा प्रदेश १-०२-००२ च ५३४८ नम्बरको पिकअप नेपालतर्फ नै पार्किङ गरेर भारत गएको कार्कीले प्रहरीलाई बताएका थिए । सोही आधारमा कोशी-१ लौकही बजारमा पार्किङ गरेर राखिएको गाडीमा ११ वटा बोरामा तीन सय २३ किलोग्राम २ सय १० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले कार्कीविरूद्ध म्याद थप गरेर लागूऔषध ऐन अन्तरगतको मुद्दा चलाउने तयारी गरेको छ । उनका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!