संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । तेह्रथुमको आठराई गाउँपालिका-३ ह्वाकुमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय संक्रान्तिका अनुसार ४५ वर्षीय सागर थिङ्लाबुको मृत्यु भएको हो । सोमबार दिउँसो साढे ३ बजेतिर परेको चट्याङले उनलाई लागेको थियो ।

Advertisement

चट्याङ लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल पाँचथर पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीले सोमबार नै उनको शव परिवारको जिम्मा लगाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!