संगालोखबर


विराटनगर । उदयपुरमा ट्याक्टरले ठक्कर दिँदा महिलाको मृत्यु भएको छ भने युवक गम्भीर घाइते भएका छन् । दुर्घटनामा हलेसी तुवाचुङ नगरपालिका-४ की ४० वर्षीया गीता परियारको मृत्यु भएको हो ।

गम्भीर घाइते भएकी उनलाई उपचारका लागि नगर अस्पताल बेल्टार लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Advertisement

दुर्घटनामा परेर गम्भीर घाइते भएका इटहरी-२० का २३ वर्षीय युजन राईको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

सोमबार जन्ती बोकेर सुनसरीको इटहरीतर्फ आइरहेको को १ ख ४७२१ बस अपरान्ह करिब ३ः४५ बजे उदयपुरको चौदण्डीगढी नगरपालिका-४ स्थित बर्षेडाँडा स्थित मदन भण्डारी लोकमार्गमा रोकिएको थियो ।

बसबाट ओर्लिएर सडक पार गर्ने क्रममा उनीहरूलाई ना ३ त ८१० नम्बरको ट्याक्टरले ठक्कर दिएको प्रहरीको भनाइ छ ।

ट्याक्टर चालक चौदण्डीगढी-४ का ३० वर्षीय विजय बिक र बस चालक ताप्ली गाउँपालिका-४ का ३६ वर्षीय पुरुषोत्तम पोखरेललाई इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिएको छ । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!