
विराटनगर । उदयपुरको कटारी नगरपालिका-८ फूलबारीमा चट्याङ लागेर बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार १३ वर्षीय बालक चित्रबहादुर वलम्पाकी मगरको मृत्यु भएको हो ।
सोमबार दिउँसो बाख्रा चराउन गएका चित्र साँझसम्म घर नफर्किएको र बेलुकी खोजी गर्न जाँदा ढलिरहेको अवस्थामा फेला परेका थिए ।
जिल्ला प्रहरी कार्यालय उदयपुरले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

संगालोखबर 













