प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ
विराटनगर । मोरङ र सुनसरीको दुई छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषधसहित चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जोगबनीका २४ वर्षीय बिक्की राय, १९ वर्षीय देउ राउत र विराटनगर-१ का २६ वर्षीय विधान अधिकारी रहेका छन् । उनीहरूको साथमा प्रहरीले २ ग्राम १ मिलिग्राम ब्राउनसुगर फेला पारेको थियो ।
लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१७ मटेरुवाबाट उनीहरूल...































