संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । संखुवासभाबाट जबरजस्ती करणी आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाँचखपन नगरपालिका-१ कुसुवा टोलका २१ वर्षीय कुमार तामाङ छन् ।

संखुवासभा प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक अभिषेक कुमार श्रेष्ठका अनुसार १७ वर्षीय युवतीलाई पटक-पटक जबरजस्ती करणी गरेको जाहेरीका आधारमा तामाङलाई पक्राउ गरिएको हो ।

Advertisement

तामाङले २०८२ जेठ ८ गतेदेखि युवतीलाई आफ्नो नियन्त्रणमा राखी विवाह गर्छु  भन्दै जबरजस्ती करणी गरेको अभियोग छ ।

तामाङविरुद्ध जिल्ला अदालत चैनपुरबाट म्याद थप गरेर आवश्यक अनुसन्धान सुरु गरिएको श्रेष्ठले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!