संगालोखबर


विराटनगर । सहारा एनिमल केयर सेन्टर विराटनगरले सामुदायिक कुकुरको बन्ध्याकरण गर्दा लापरबाही गर्ने गरेको पाइएको छ । बन्ध्याकरण गरेको कुकुरलाई पशु चिकित्सकको निगरानीमा २४ घण्टासम्म राख्नुपर्ने भएपनि २-३ घन्टामै छाड्ने गरिएको छ ।

बन्ध्याकरणपछि पशु चिकित्सकको निगरानीमा २४ घण्टासम्म आइसोलेटमा राख्नुपर्ने, मासुलगायतका पोषिलो खानेकुरा खुवाउनुपर्नेमा त्यसो नगरेको पाइएको विराटनगर महानगरपालिका पशुपंक्षी शाखाका प्रमुख शुभनारायण यादवले जानकारी दिए । बिस्कुट र सामान्य हड्डी मात्रै दिएर शल्यक्रिया गरेको दुई तीन घण्टामै पठाउने गरेको पाइएको छ,’ यादवले भने ।

Advertisement

उनका अनुसार सहाराले जुन ठाउँबाट सामुदायिक कुकुर नियन्त्रणमा लिएको हो बन्ध्याकरणपछि सोही स्थानमा लगेर छाड्नुपर्नेमा अन्यत्रै लगेर छाड्ने गरेको पनि भेटिएको छ । सहाराले फोहोर व्यवस्थापनमा पनि लापरबाही गर्ने गरेको उनको भनाइ छ । सहाराको नियन्त्रणमा रहेका तीनवटा कुकुर मरेपछि कम्पाउण्डभन्दा बाहिर फ्यालेको र स्थानीयले विरोध गरेपछि पुनः कम्पाउण्डभित्रै खाल्डो खनेर पुरेको यादवले बताए ।

बन्ध्याकरण गरिसकेपछि भित्री अरगेन्स (पार्ट) कम्पाउण्डभित्रै जलाएर दुर्गन्धित बनाएको भनेर स्थानीयबाट महानगरमा गुनासो आएको पशुपंक्षी शाखा प्रमुख यादवले जानकारी दिए । यो विषयमा जानकारी लिन सहारा एनिमल केयर सेन्टरकी संस्थापक डा. रश्मी थापासँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!