धनकुटा । धनकुटा नगरपालिका-३ कागतेमा रहेको भाषा माध्यमिक विद्यालयमा भौतिक पूर्वाधार निर्माण गरिएको छ । नगरपालिकाको सहयोगमा करिब १० लाख बराबरको भौतिक पूर्वाधार निर्माण गरिएको हो ।
विद्यालयलाई व्यवस्थित गर्ने उद्देश्यले भौतिक पूर्वाधार अन्तरगत प्रवेशद्वार, ब्लक र कम्पाउण्ड निर्माण गरिएको छ । धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले विद्यालयलाई व्यवस्थित र आकर्षक बनाउन भौतिक निर्माणमा सहयोग गरिएको बताए ।
स्वच्छ वातावरण तथा सुरक्षाका लागि कम्पाउण्ड निर्माण गरिएको बताउँदै उनले थप व्यवस्थित गर्न नगरपालिकाले आवश्यक सहयोग गर्ने उल्लेख गरे । भौतिक पूर्वाधार उद्घाटनसँगै सेवा निवृत्त शिक्षकशिक्षिकाहरूलाई बिदाई गरिएको छ ।
राधिका सुवेदी, पदमप्रसाद खनाल र द्रोणराज घिमिरेलाई प्रमुख अतिथि नगरप्रमुख तामाङ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष रोजा राई र विद्यालयका प्रधानाध्यापक गोविन्द राई लगायतले कदर पत्रसहित बिदाई गरेका थिए ।
यसैगरी २०८१ को वार्षिक परीक्षामा उत्कृष्ट अङ्क ल्याएर कक्षा ३ मा प्रवेश गर्ने छात्रा अस्मिता श्रेष्ठ र कक्षा ७ मा प्रवेश गर्ने छात्रा नुना कार्कीलाई पुरस्कृत गरिएको छ ।