संगालोखबर
सांकेतिक तस्वीर

धनकुटा । धनकुटाबाट दुई जना फरार प्रतिवादी पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय राजारानी र इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला अदालत धनकुटाबाट एक वर्ष छ महिना कैद र २० हजार जरिवाना सजाय सुनाइएका ज्यान मार्ने उद्योगका फरार प्रतिवादी साँगुरीगढी गाउँपालिका-१० धारापानी का ४५ वर्षीय प्रकाश राई पक्राउ परेका हुन् ।

Advertisement

यस्तै हातहतियार खरखजाना मुद्दामा पाँच महिना कैद र पाँच हजार जरिवाना तोकिएर फरार रहेका साँगुरीगढी गाउँपालिका-३ इम्लीखा का ५४ वर्षीय महिन्द्र कुमार याख्खालाई पक्राउ गरिएको धनकुटा प्रहरीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक धुव्र नारायण श्रेष्ठले जानकारी दिए ।

उनीहरूलाई सजाय भुक्तानका लागि अदालतमार्फत जिल्ला कारागार धनकुटा चलान गरिएको श्रेष्ठले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!