सन्तोष सुवेदी/संगालोखबर


धनकुटा । धनकुटामा किराती समुदायले आफ्नो दोस्रा महत्वपूर्ण चाड उँभौली साकेला केलाङ सांस्कृतिक उत्सव पर्व धुमधामका साथ मनाएका छन् ।

शनिबार किराती समुदायले धनकुटाका विभिन्न ठाउँमा सांस्कृतिक कार्यक्रमको आयोजना गरेर उँभौली साकेला केलाङ साँस्कृतिक पर्व धुमधामका साथ मनाएका हुन्  ।

Advertisement

साँगुरीगढी गाउँपालिका-१ स्थित लावरबोटेमा रहेको साकेला केलाङ पार्क र सहिदभूमि गाउँपालिका-१ स्थित गोपालपुरमा बिभिन्न कार्यक्रमसँगै साकेला केलाङ नृत्य प्रतियोगिता गरिएको थियो ।

धनकुटासहित सुनसरी जिल्लाबाट समेत नृत्य प्रतियोगितामा सहभागि हुन आएका थिए । सहिदभूमि गाउँपालिका अध्यक्ष मनोजकुमार राईले कला संस्कृति जोगाउन पालिकाको तर्फबाट भरपुर सहयोग गर्ने बताए ।

यो चाड बैशाख पूर्णिमा देखी एक महिना सम्म मनाउने चलन रहेको लेउती जलाधार प्राकृतिक, सांस्कृतिक प्रर्वद्धन समितिका अध्यक्ष बलबहादुर राईले बताए ।

उँभौलीमा अन्नबाली भित्र्याउनु अगाडि प्रकृति र पितृको पूजा गर्ने चलन रहेको छ । किरातको धार्मिक पुस्तक मुन्धुम अनुसार समयलाई उँधौली र उँभौली गरी दुई भागमा वर्गीकरण गरिएको छ ।

कार्यक्रममा मौलिक भेषभुषामा उपस्थित भएका किरात समुदायले आफ्नो कला संस्कृति झल्किने साकेला तथा चण्डी नाच प्रस्तुत गरेका थिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!