‘सडक निर्माण गुणस्तरहीन भएको विषयमा आवाज उठाउँदा थुनिनुपर्यो’
विराटनगर । मोरङको रङ्गेली नगरपालिका-६ पिपल चोकका गणेश सहनीले आफूमाथि अन्याय भएको बताएका छन् । आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले बाटो बनाएको विषयलाई लिएर आवाज उठाउँदा आफूमाथि अन्याय भएको बताएका हुन् ।
रंगेली-६ पिपल चोकदेखि गोढी टोल र साहु टोल हुँदै हुलाकी राजमार्गसम्मको बाटो बन्ने विषयमा आवाज उठाउँदा अन्याय भएको भन्दै उनले न्यायको माग गरेका छन् । नगरपालिकाका सिभिल इन्जिनियरले बाटोको विषय...
































