संगालोखबर


विराटनगर । किरात याक्खा छुम्मा विराटनगर महानगर कार्यसमितिको अध्यक्षमा प्रेम देवान (लुङवा) सर्वसम्मत चयन भएका छन् । शनिबार सम्पन्न तेस्रो अधिवेशनले देवानलाई  अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

उपाध्यक्षमा बालकुमारी याक्खा, सचिवमा सतिश देवान, सह-सचिवमा हुविन्द्रराज याक्खा, कोषाध्यक्षमा लिना जिमी याक्खा र कोषाध्यक्षमा चन्द्रकला तुम्बा चयन भएका छन् ।

Advertisement

सदस्यहरूमा विक्रम देवान, पुष्पकला देवान याक्खा, इन्द्रमाया राई याक्खा, शान्ता सिखंडा याक्खा, लक्ष्मी याक्खा, चन्द्र कोङरेन याक्खा, निशा देवान याक्खा, नर्वदा याक्खा र युविना जिमी चयन भएका छन् । त्यसैगरी तेस्रो अधिवेशनले ४ जना सल्लाहकार समेत चयन गरेको छ ।

सल्लाहकारहरूमा बिनादेवी जिमी, भुपेन्द्र देवान कानुनी सल्लाहकार, प्रदिप देवान आर्थिक सल्लाहकार र विमला लिम्बुखिम रहेका छन् ।

नव निर्वाचित अध्यक्ष देवानले  विराटनगरमा छरिएर रहेका याक्खाहरूलाई एक जुट बनाउँदै आफ्नो भाषा, लिपि, धर्म, संस्कार र संस्कृतिलाई जर्गेना गर्ने बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!