
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट गाँजासहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सहिदभूमि गाउँपालिका-६ का १९ वर्षीय प्रवेश राई र धनकुटा नगरपालिका-१ हिलेका ३९ वर्षीय दिनेश तामाङ छन् । तामाङ इभी चालक हुन् ।
हिलेबाट सुनसरीको इटहरीतर्फ जाँदै गरेको प्रदेश नम्बर १-०२-००१ ज ४५७५ नम्बरको इभी गाडीमा चेकजाँच गर्दा गाँजा फेला परेपछि उनीहरूलाई पक्राउ गरिएको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
गाडीमा चेकजाँच गर्दा राई बसेको सिटमुनि १२ किलो गाँजा भेटिएको डीएसपी खनालले बताए । उनीहरूका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको छ ।

संगालोखबर 













