संगालोखबर

धनकुटा । धनकुटा नगरपालिका वडा नं.७ को वडा कार्यालय भवन उद्‌घाटन गरिएको छ । धनकुटा नगरपालिकाको ९० लाख रुपैयाँ लागतमा नेवारी मौलिक शैलीमा वडा कार्यालय भवन निर्माण गरिएको हो ।

Advertisement

धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले रिबन काटेर नवनिर्मित भवन उद्‌घाटन गरेका छन् । सो अवसरमा बोल्दै मेयर तामाङले आफ्नै भवनबाट वडा कार्यालयले सेवा प्रवाह गर्दा थप सहज, व्यवस्थित र प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

समयमै भवन निर्माण सम्पन्न गरेको भन्दै कार्यक्रममा निमार्ण व्यवसायी लक्ष्मण बिक र धनकुटा नगरपालिकाका इन्जिनियर कुशल मिश्रलाई सम्मान गरिएको छ ।

धनकुटा नगरपालिकाले नगरका १० वटै वडामा आफ्नै भवनबाट सेवा प्रवाह गर्न वडा कार्यालयहरू निर्माण गरिरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!