मनमोहन प्राविधिक विश्वविद्यालयलाई अन्तराष्ट्रिय स्तरको बनाउँछु : उपकुलपति पोखरेल
विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयको गुणस्तर वृद्धि गरी अन्तराष्ट्रिय स्तरको बनाउन आफू तयार रहेको नवनियुक्त उपकुलपति डा. सुवासश्री पोखरेलले बताएका छन् । दोस्रो कार्यकालका लागि पुनः उपकुलपतिमा नियुक्त भएका पोखरेलले हिजो पदभार ग्रहण गर्दै यस्तो बताएका हुन् ।
उनले यसका लागि आफूले तयार पारेको मिसन २०८५ लाई पुरा गर्ने बताए । हिजो पोखरेललाई कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कील...






























