संगालोखबर


विराटनगर । विराटनगर महानगरपालिका-६ रामपुरबाट बालयौन दुर्व्यवहारको आरोपमा एक जना पक्राउ परेका छन् । मंगलबार पीडित बालिकाले दिएको उजुरीको आधारमा बिहीबार ३५ वर्षीय महम्मद साबिरलाई प्रहरीले पक्राउ गरेको हो ।

मोरङ प्रहरीका अनुसार विराटनगर-६ रामपुर स्थित एक घरमा दिदीबहिनी भाडाको घरमा बस्थे । जाहेरवाला बालिकालाई ५-६ महिनादेखि डराउने, आत्तिने र बेहोस हुने जस्ता समस्या देखिएको पाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

Advertisement

धामी झाँक्रीको काम गर्दै आएका साबिरले बालिकालाई पहिलादेखि नै झारफुक गर्दै आएको र आफूले नै बचाएको भन्दै अझै राम्रोसँग झारफुक गर्न भन्दै ७० हजार रुपैयाँ नगद मागेको खुलेको छ ।

उनले मागे बमोजिम पीडित पक्षले उनलाई नगद बुझाएका थिए । सोही क्रममा उनले गत चैत १७ गते रातिको समयमा उपचारको लागि भन्दै बालिकालाई घरमा बोलाएर यौन दुर्व्यवहार गरेको जाहेरीमा उल्लेख छ ।

उनले पीडित बालिकालाई धम्की दिँदै कसैलाई नभन्नु भन्ने दवाव समेत दिएका थिए । पक्राउ परेका साबिरविरुद्ध सात दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको डीएसपी जोशीले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!