संगालोखबर
फाइल तस्वीर

विराटनगर । जंगली च्याउ खाँदा इलाममा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर बिरामी परेका छन् । जङ्गलबाट ल्याएको च्याउ खाएर बिरामी परेका माङ्सेबुङ–५, का १७ वर्षीया नुमा लावती र २२ वर्षीया मनिसा चेम्जोङको आइतबार मृत्यु भएको हो ।

च्याउ खाँदा स्थानीय धनराज साङ्बाङ पनि बिरामी परेका हुन् । च्याउ खाएको केही घण्टामै उनीहरूमा वान्ता हुने, पेट दुख्ने, टाउको दुख्ने जस्ता लक्षण देखिएको थियो ।

Advertisement

उनीहरूलाई तत्काल अस्पताल लगिएको भएपनि उपचारकै क्रममा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!