संगालोखबर

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–९ विराटचोकस्थित कृष्ण प्रणामी मन्दिरको स्वर्ण महोत्सव मनाउन तयारी थालिएको छ । मन्दिर स्थापना भएको ५० बर्ष पुगेको उपलक्ष्यमा स्वर्ण महोत्सव मनाउन लागिएको हो ।

Advertisement

मन्दिर व्यवस्थापन समितिले आगामी वर्ष वैशाख १ देखि ७ गतेसम्म श्रीमद् तारतम सागर १०८ पाठपारायणसहित विभिन्न धार्मिक कार्यक्रम गरेर स्वर्ण महोत्सव मनाउने निर्णय गरेको छ । स्वर्ण महोत्सवलाई भव्य रुपमा मनाउन एक वर्ष अघिदेखिनै तयारी थालिएको हो । स्वर्ण महोत्सवका लागि मूल समारोह समिति गठन गरिएको छ ।

मन्दिरमा आयोजित कार्यक्रममा मन्दिर व्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद शर्मा बाँस्तोलाको संयोजकत्वमा ५०४ सदस्यीय स्वर्ण महोत्सव मूल समारोह समिति गठन गरिएको हो । स्वर्ण महोत्सवमा अन्तर्राष्ट्रिय स्तरको धार्मिक कार्यक्रम गरिने अध्यक्ष बाँस्तोलाले जानकारी दिए ।

कार्यक्रममा बोल्दै सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाँईले स्वर्णमहोत्सवलाई सफल बनाउन नगरपालिकाले सहयोग गर्ने बताए ।

कार्यक्रममा इटहरीस्थित मुक्तिधामका गादिपती कृष्णदासजी महाराज, धरानस्थित गोपीधामका गादिपती जगतनन्दन महाराज लगायतले स्वर्णमहोत्सव भव्य बनाउने गरी लाग्न सबैलाई आग्रह गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!