धनकुटाबाट सात किलो गाँजासहित एक जना पक्राउ
धनकुटा । धनकुटाबाट सात किलो गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाख्रीबास नगरपालिका-८ का ४६ वर्षीय भीमबहादुर राई छन् ।
आज अपराह्न १२ बजे साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट उनलाई पक्राउ गरिएको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
तेह्रथुमबाट झापातर्फ जाँदै गरेको ना ४ ख ६३१८ नम्बरको यात्रुबाहक बसमा चेकजाँच गर्दा सिटमुनि गाँजा भेटिएको उनको भनाइ छ ।...































