संगालोखबर
सांकेतिक तस्वीर

पाँचथर । पाँचथरको फिदिम नगरपालिका-१४ सानो भालुखोपमा गोरुले हान्दा एक जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा ६९ वर्षीय पदमवीर राई छन् । मंगलबार साँझ करिब ५ बजे आफैँले पालेको गोरुले बाँध्ने क्रममा राईलाई हानेको प्रहरीले जनाएको छ ।

गोरुले हानेपछि करिब १ सय ५० मिटर तल खसेका राईको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिशकुमार कर्णले जानकारी दिए । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ ।

Advertisement

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!