ताप्लेजुङ र सुनसरीबाट लागूऔषधसहित पाँच जना पक्राउ
विराटनगर । कोशीका दुई जिल्लाबाट नियन्त्रित औषधी तथा लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । उनीहरूलाई हिजो सुनसरी र ताप्लेजुङबाट प्रहरीले पक्राउ गरेको हो । हिजो राति अस्थाई प्रहरी पोष्ट श्याम चोकबाट खटिएको प्रहरी टोलीले धरान-१५ मिलन चोकबाट दुई जनालाई नियन्त्रणमा लिएको छ ।
स्कुटरमा सवार सोही स्थानका २७ वर्षीय सञ्जीव गिरी र २३ वर्षीय रोजेश श्रेष्ठलाई स्पासपेन १२३ ट्याबलेट र लागूऔषध ट्रामाडोल ११७ ...





























