संगालोखबर


धनगढी । धनगढीमा युवा संघका नेता-कार्यकर्ता र जेनजी युवाबीच झडप भएको छ । नेकपा एमालेका नेता महेश बस्नेत आउने भएपछि जेनजी युवाहरूले धनगढीको जेनजी चोकमा प्लेकार्डसहित कालोपट्टी बाँधेर विरोध गरेका थिए ।

बस्नेतलाई युवासंघका युवाहरूले धनगढी विमानस्थलबाट मोटरसाइकलमा स्कटिङ गरेर ल्याएका थिए । स्कटिङकै क्रममा जेनजी चोकमा नाराबाजी गरिरहेका जेनजी युवाहरूलाई उनीहरूले लखेटेपछि झडप भएको प्रहरीले जनाएको छ ।

Advertisement

युवासंघको प्रतिकारमा जेनजी सरिता जोशी घाइते भएकी छन् । प्रहरीका अनुसार हातमा चोट लागेकी सरिताको निसर्ग अस्पतालमा उपचार भइरहेको छ । धनगढीमा एमाले निकट युवा संघको सुदूरपश्चिम प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्न नेता महेश बस्नेत धनगढी आएका हुन् ।

नेता बस्नेतको सुरक्षा र जेनजीको विरोध प्रदर्शनलाई मध्यनजर गर्दै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । जेनजी युवाहरूले प्रदर्शन गरिरहेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!