कोशी प्रदेश लगानी सम्मेलन आजदेखि सुरु हुँदै

कोशी प्रदेश लगानी सम्मेलन आजदेखि सुरु हुँदै

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि लगानी सम्मेलन सुरु हुँदैछ । दुई दिनसम्म चल्ने लगानी सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् । बिहान ११ बजे वीरेन्द्र सभागृहमा सम्मेलनको उद्‌घाटन हुनेछ । प्रदेश सरकारले पहिलोपटक लगानी सम्मेलन आयोजना गर्न लागेको हो । यसबाट उद्योगी व्यवसायीसहित निजी क्षेत्रलाई उत्साहित बनाएको छ । लगानी सम्मेलनबाट १ खर्ब ७३ अर्ब ४९ करोड रुपैयाँ बराबरको ल...
धनकुटामा लडेर वृद्धको मृत्यु

धनकुटामा लडेर वृद्धको मृत्यु

धनकुटा । धनकुटामा लडेर एक वृद्धको मृत्यु भएको छ । चौबिसे गाउँपालिका-१ राजापोखरी टोलका ७४ वर्षीय पदमबहादुर श्रेष्ठको मृत्यु भएको हो । प्रहरीका अनुसार श्रेष्ठ मङ्गलबार दिउँसो घरबाट हिँडेका थिए । आज बिहानसम्म पनि घर नआएपछि खोजतलास गर्ने क्रममा घरबाट करिब सात सय मिटर पूर्व-दक्षिण रवि-राँके-भेडेटार सडक खण्डमा उनी मृत भेटिएका प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटामा राख...
सुनसरीमा सिटी सफारीबाट गाँजा ओसार-पसार, चालक पक्राउ

सुनसरीमा सिटी सफारीबाट गाँजा ओसार-पसार, चालक पक्राउ

विराटनगर । सुनसरीबाट गाँजासहित सिटी सफारी चालक पक्राउ परेका छन् । हरिनगर गाउँपालिका-३ गौतमपुरबाट ४१ किलो गाँजासहित सफारी चालक इनरुवा नगरपालिका-७ का ३० वर्षीय अमिर मियाँ पक्राउ परेका हुन् । मङ्गलबार प्रहरी चौकी घुस्की र अस्थायी प्रहरी चौकी गौतमपुरबाट खटिएको प्रहरी टोलीले प्रदेश १-०२-००४ ह १६४३ नम्बरको सिटी सफारी चेकजाँच गर्दा गाँजा फेला पारेको हो । गाँजा र सफारी प्रहरीले बरामद गरेको छ भने पक्रा...
विराटनगरबाट नक्कली नोटसहित भारतीय युवती पक्राउ

विराटनगरबाट नक्कली नोटसहित भारतीय युवती पक्राउ

विराटनगर । विराटनगर-१३ बाट नक्कली नोटसहित भारतीय युवती पक्राउ परेकी छन् । भारतको बिहार अररियाकी १९ वर्षीया सिम्पी बैसन्ती नक्कली नोटसहित पक्राउ परेकी हुन् । प्रहरीका अनुसार उनले मङ्गलबार विराटनगर-१३ स्थित एक किरना पसलमा सामान किनेकी थिइन् । उनले पसलेलाई पाँच सय भारतीय रुपैयाँ पसलेलाई दिइन् । उक्त नोट नक्कली भएको शङ्का लागेर पसलेले प्रहरीलाई खबर गरेका थिए । सोही आधारमा इलाका प्रहरी कार्यालय रान...
धनकुटामा उधारो खाएको पैसा माग्दा होटल तोडफोड, एक जना पक्राउ

धनकुटामा उधारो खाएको पैसा माग्दा होटल तोडफोड, एक जना पक्राउ

धनकुटा । धनकुटाको एक होटलमा तोडफोड भएको छ । साँगुरीगढी गाउँपालिका-६ नमस्ते झरनामा सुजन राईले सञ्चालन गरेको होटलमा तोडफोड भएको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार आज बिहानको राति करिब २ बजे सोही स्थानका ३५ वर्षीय अभिषेक श्रेष्ठले होटल तोडफोड गरेका हुन् । उनका अनुसार होटलको झ्यालको सिसा तथा ढोकामा क्षति पुगेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्...
धनकुटामा सशस्त्रलाई छलेर भागेको कारबाट गाँजा बरामद

धनकुटामा सशस्त्रलाई छलेर भागेको कारबाट गाँजा बरामद

विराटनगर । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ बाट सशस्त्र प्रहरी बलले गाँजासहित कार नियन्त्रणमा लिएको छ । आज बिहान धरानतर्फ आउँदै गरेको कारबाट गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।  सशस्त्र प्रहरी बल नम्बर ६ गुल्म धनकुटा मातहतको नेपाल विपद् व्यवस्थापन वेश मुलघाटबाट खटिएको टोलीले शङ्का लागेर को २ प १७३४ नम्बरको कारलाई रोक्न खोजेको थियो ।  तर नरोकी भागेको कार दुर्घटनाग्रस्त अवस्थामा फेला ...
कोशी प्रदेश लगानी सम्मेलनको तयारी पूरा

कोशी प्रदेश लगानी सम्मेलनको तयारी पूरा

विराटनगर । कोशी प्रदेश सरकारले गर्न लागेको लगानी सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको छ । विराटनगरमा आज पत्रकार सम्मेलन गर्दै बिहीबार र शुक्रबार गर्न लागिएको लगानी सम्मेलनको तयारी पूरा भएको जानकारी गराइएको हो । प्रदेश सरकारले लगानी सम्मेलनमा एक खर्ब ७३ अर्ब ४९ करोड बराबरका ७१ वटा परियोजनाहरू सोकेसिङ गर्ने पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । जसमा कृषि, पर्यटन, ऊर्जा, उद्योग, पूर्वाधार, आइटिलगा...
झापामा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

झापामा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

विराटनगर । झापाको भद्रपुर नगरपालिका-२ चारआलीमा पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको बतासीका ३४ वर्षीय दिलिप राजवंशी छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि ओम साइ पाथीभरा अस्पताल भद्रपुर पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । भद्रपुरबाट केचनातर्फ जाँदै गरेको मे १ च ५४४७ नम्बरको पिकअपले विपरित दिशाबाट आउँदै गरेको बीआर ३७ भी २१२७ नम्बरको ...
धनकुटाको महालक्ष्मीमा आज शोक बिदा

धनकुटाको महालक्ष्मीमा आज शोक बिदा

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले आज शोक बिदा दिएको छ । नगर कार्यपालिका सदस्य पिन्सा रानाको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै नगरपालिकाले शोक बिदा दिएको हो । नगर प्रमुख धुव्रराज रायाले एक सूचना जारी गर्दै आकस्मिक बाहेकका सम्पूर्ण सेवाहरू बन्द रहने जनाएका छन् । रानाको मंगलबार निधन भएको हो ।
विराटनगरमा घरको गेटले किच्दा १० वर्षीय बालकको मृत्यु

विराटनगरमा घरको गेटले किच्दा १० वर्षीय बालकको मृत्यु

विराटनगर । विराटनगर-४ जामुनगाछीमा घरको गेटले किच्दा एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आज बिहान करिब ९ः४० बजे राधाकृष्णमार्ग बस्ने नारायण झाका १० वर्षीया छोरा प्रियान्सुलाई गेटले किचेको थियो । घाइते भएका उनलाई तत्कालै उपचारका लागि नोबेल अस्पताल लगिएकोमा चिकित्सकले बिहान १०ः१५ बजे मृत घोषणा गरेका थिए । मोरङ प्रहरीका अनुसार घरको मुख्य गेट खोल्ने क्रममा गेट लडेर बालकला...
एम.एम. कप क्रिकेट : पुलिसलाई हराउँदै कोशीको विजयी सुरुवात

एम.एम. कप क्रिकेट : पुलिसलाई हराउँदै कोशीको विजयी सुरुवात

विराटनगर । विराटनगरमा जारी तेस्रो संस्करणको एम.एम. कप स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले विजयी सुरुवात गरेको छ । विराटनगरको बैजनाथपुर क्रिकेट मैदानमा आज भएको समूह ‘बी’ को पहिलो खेलमा नेपाल पुलिस क्लबलाई ३७ रनले पराजित गर्दै कोशीले विजयी सुरुवात गरेको हो । जितसँगै कोशीले दुई अङ्क जोडेको छ । टस हारेर पहिला ब्याटिङ गरेको कोशीले निर्धारित ५० ओभरमा २९.३ बलमा सबै विकेट गुमाएर ९३ रनक...
विराटनगरको हाटखोलामा गायक दुर्गेश थापाको ‘लाइभ कन्सर्ट’

विराटनगरको हाटखोलामा गायक दुर्गेश थापाको ‘लाइभ कन्सर्ट’

विराटनगर । विराटनगरको हाटखोला मैदानमा गायक दुर्गेश थापाको लाइभ कन्सर्ट हुने भएको छ । लाइभ इन्टरटेनमेन्ट र भाइरल इभेन्ट इन्टरटेनमेन्टको आयोजनामा बैशाख २६ गते थापाको कन्सर्ट हुने भएको हो । दुबै संस्थाले संयुक्तरूपमा कार्यक्रमको आयोजना गरेको संयोजक सन्तोष महतले बताए । दुर्गेश थापाको कन्सर्टसँगै फेसन शो लगायतका कार्यक्रम पनि राखिएको उनले जानकारी दिए । यस्तै स्थानीय खानाका परिकारको स्टल पनि राखिने उ...
धरानको ग्यारेजबाट चोरी भएको बस विराटनगरमा भेटियो 

धरानको ग्यारेजबाट चोरी भएको बस विराटनगरमा भेटियो 

विराटनगर । सुनसरीको धरानबाट गत बिहीबार राति चोरी भएको बस विराटनगरमा फेला परेको छ । सुनसरीको धरान-८ स्थित एक ग्यारेजमा मर्मतका लागि राखिएको बस चोरी भएको उजुरी परेपछि प्रहरीले खोजी गरिरहेको थियो । इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगुले चोरी भएको बस विराटनगरको बखरीमा भेटिएको पुष्टि गरे । ‘आज बिहान बस फेला परेको हो’, उनले संगालोखबरसँग भने, ‘थप बुझ्ने काम भइरहेको छ । अनुसन्धानपछि बाँकी क...
धनकुटामा औद्योगिक प्रदर्शनी तथा पर्यटन उत्सव हुँदै

धनकुटामा औद्योगिक प्रदर्शनी तथा पर्यटन उत्सव हुँदै

धनकुटा । धनकुटामा औद्योगिक प्रदर्शनी तथा धनकुटा पर्यटन उत्सव हुने भएको छ । आगामी बैशाख २३ गतेदेखि जेठ ५ गतेसम्म प्रदर्शनी तथा पर्यटन उत्सव हुन लागेको हो । नेपाल घरेलु तथा साना उद्योग महासङ्घ धनकुटाले आज पत्रकार सम्मेलन गर्दै धनकुटा नगरपालिका-५ स्थित तल्लो टुँडिखेलमा प्रदर्शनी तथा उत्सव आयोजना हुने जनाएको छ । मेलामा कोशी प्रदेशका साना तथा घरेलु उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी र बिक्री वितर...
सुनसरीको बर्जुबाट दुई क्विन्टल गाँजासहित दुई जना पक्राउ

सुनसरीको बर्जुबाट दुई क्विन्टल गाँजासहित दुई जना पक्राउ

विराटनगर । सुनसरीको बर्जु गाउँपालिका-३ नहर चोकबाट दुई क्विन्टल गाँजासहित दुई जना पक्राउ परेका छन् । सोमबार राति इलाका प्रहरी कार्यालय सीतागञ्जबाट खटिएको प्रहरी टोलीले भीमपुरबाट अमडुवा तर्फ जाँदै गरेको प्र १-०२-००२ च ५१२६ नम्बरको पिकअप गाडीबाट गाँजा बरामद गरेको हो । प्रहरीका अनुसार छ वटा बोरामा राखिएको अवस्थामा एक सय ९९.३ किलो गाँजा फेला परेको हो । पक्राउ पर्नेमा धनकुटा नगरपालिका-९ का उद्धव भण्...
धनकुटाको महालक्ष्मीका विद्यालय सञ्चालन गर्न विव्यसका अध्यक्षहरूको आग्रह

धनकुटाको महालक्ष्मीका विद्यालय सञ्चालन गर्न विव्यसका अध्यक्षहरूको आग्रह

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाका सम्पूर्ण सामुदायिक विद्यालय सञ्चालन गर्न विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूले आह्वान गरेका छन् । आज १५ वटा विद्यालयका विव्यस अध्यक्षहरूले सामूहिक विज्ञप्ति जारी गर्दै यस्तो आह्वान गरेका हुन् । ‘हाम्रा सम्पूर्ण विद्यालयहरूमा कुनै पनि शैक्षिक क्रियाकलाप नभएकोले हामी यस क्षेत्रका सम्पूर्ण अभिभावकहरू आफ्नो विद्यार्थीको पढाई प्रति अतिनै चिन्तित र संवेदनशि...
विराटनगरमा गुडिरहेको टिपरमा आगो लागेपछि…

विराटनगरमा गुडिरहेको टिपरमा आगो लागेपछि…

विराटनगर । विराटनगर-१९ मिलन चोकमा गुडिरहेको टिपरमा आगलागी भएको छ । आज दिउँसो २ः३० बजेतिर प्रदेश १-०२-००१ ख ८५३१ नम्बरको टिपरमा आगलागी भएको हो । विराटचोकबाट सुनसरीको बर्जुतर्फ बालुवा लिएर जाँदै थियो । प्रहरीका अनुसार टिपर सुनसरीको इनरुवा नगरपालिका-३ का ३० वर्षीय साजन सरदारले चलाएका थिए । आगो दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । आगोले टिपरक...
तुम्लिङटारबाट धनकुटा आउँदै गरेको जीप अरुण नदीमा खस्यो

तुम्लिङटारबाट धनकुटा आउँदै गरेको जीप अरुण नदीमा खस्यो

धनकुटा । संखुवासभाको धर्मदेवी नगरपालिका-८ सुर्तीवारीबाट अरुण नदीमा जीप खसेको छ । खाँदबारी-९ तुम्लिङटारबाट धनकुटाको हिलेतर्फ आउँदै गरेको जीप आज दिउँसो करिब ३ बजे नदीमा खसेको हो । पैदलयात्रीलाई ठक्कर दिएपछि अनियन्त्रित भएर जीप अरुण नदीमा खसेको प्रहरीले जनाएको छ । जीपमा तीन जना सवार थिए । नदीबाट तीनै जनालाई उद्धार गरिएको डीएसपी दक्षकुमार बस्नेतलले जानकारी दिए । जीप अरुण नदीमा डुबिसकेको छ । गाडी न...
धनकुटाबाट ट्रकमा लोड हुँदै गरेको नौ क्विन्टल गाँजासहित एक जना पक्राउ 

धनकुटाबाट ट्रकमा लोड हुँदै गरेको नौ क्विन्टल गाँजासहित एक जना पक्राउ 

धनकुटा । धनकुटाबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ । आज बिहानको राति करिब १ः३० बजे चौबिसे गाउँपालिका-५ बोधेबाट प्रहरीले नौ सय ४६ किलो गाँजा बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार ना ५ ख ६१५७ नम्बरको ट्रकमा लोड भएको अवस्थामा गाँजा फेला परेको थियो । गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ३८ वटा प्लाष्टिकको बोरामा पोका बनाएर ट्रकमा राखेको अवस्थ...
संखुवासभामा चट्याङ लागेर १७ भैँसी मरे

संखुवासभामा चट्याङ लागेर १७ भैँसी मरे

विराटनगर । संखुवासभामा चट्याङ लागेर भैँसी मरेका छन् । मकालु गाउँपालिका-३ कालोपातालमा हावाहुरीसँगै परेको चट्याङले १७ वटा भैँसी मरेका हुन् । प्रहरीका अनुसार स्थानीय पुष्पलाल भण्डारी र प्रेमप्रसाद भण्डारीले पालेका भैँसी आइतबार परेको चट्याङ लागेर मरेका हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घटनास्थल दुर्गम क्षेत्रमा पर्छ । प्रहरी टोली घटनास्थलतर्फ आज बिहान प्रस्थान गरेको छ । घटनास्थलमा पुगेपछि प...
मोरङको सुनवर्षीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मोरङको सुनवर्षीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका-९ लक्ष्मी टोलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । डाइनियाबाट सिक्टीतर्फ जाँदै गरेको बीआर ३९ एच २९५६ नम्बरको भारतीय मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा सुनवर्षी नगरपालिका-९ का २० वर्षीय साहबन आलमको मृत्यु भएको प्रहरीले जनाएको छ । शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका उनको रङ्गेली अस्पतालमा उपचारका क्रममा म...
धनकुटाबाट जबरजस्ती करणी आरोपमा एक युवक पक्राउ 

धनकुटाबाट जबरजस्ती करणी आरोपमा एक युवक पक्राउ 

धनकुटा । धनकुटामा १६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । प्रहरीका अनुसार धनकुटा नगरपालिका-१ हिलेका २० वर्षीय  सविन शेर्पा पक्राउ परेका हुन् । उनले बैशाख ३ गते नाबालिकालाई आफ्नै घरमा लगेर ललाइफकाइ गरेर करणी गरेको आरोप छ । प्रहरीका अनुसार बालिकाका बाबुले बैशाख ९ गते छोरीमाथि करणी भएको भनेर जिल्ला प्रहरी कार्यालय धनकुटामा जाहेरी दिएका थिए । सोही आधारमा खोजी ग...
गाईघाटबाट काँकडभिट्टाका लागि छुटेको बस सप्तरीमा दुर्घटना, तीन जनाको मृत्यु

गाईघाटबाट काँकडभिट्टाका लागि छुटेको बस सप्तरीमा दुर्घटना, तीन जनाको मृत्यु

विराटनगर । सप्तरीको कञ्चनरूप नगरपालिका-१० बदगामा यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा २६ जना घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।  उदयपुरको गाईघाटबाट झापाको काँकडभिट्टाका लागि छुटेको प्रदेश १-०१-००१ ख ३४२० नम्बरको बस मध्यान्ह १२ बजेतिर दुर्घटनामा परेको हो । बसमा ३५ जना यात्रु सवार रहेको खुलेको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार दुर्घटनामा...
विराटनगर महानगरपालिकामा डिजिटल नागरिक बडापत्र 

विराटनगर महानगरपालिकामा डिजिटल नागरिक बडापत्र 

विराटनगर । विराटनगर महानगरपालिकाले डिजिटल नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ । आज मेयर नागेश कोइरालाले महानगर परिसरमा स्थापना गरिएको डिजिटल नागरिक बडापत्रको शुभारम्भ गरे । प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, भौतिक पूर्वाधार महाशाखा प्रमुख अर्जुन थापासहित विभिन्न महाशाखा र शाखा प्रमुखहरूको उपस्थितिमा डिजिटल नागरिक बडापत्रको शुभारम्भ गरिएको हो ...
कोशी खुला गल्फ प्रतियोगिता : नेटमा गुप्ता, ग्रसमा परियार विजयी

कोशी खुला गल्फ प्रतियोगिता : नेटमा गुप्ता, ग्रसमा परियार विजयी

विराटनगर । दोस्रो संस्करणको कोशी प्रदेश स्तरीय खुला गल्फ प्रतियोगितामा विराटनगरका नितेश गुप्ता नेट विजेता भएका छन् । शनिबार धरान गल्फ क्लब सुनसरीमा सम्पन्न प्रतियोगिताको नेट विधा तर्फ ९ अन्डर अंकसहित गुप्ता विजेता बनेका हुन् । रमेश चौधरीले नेट तर्फ दोस्रो स्थान हासिल गर्दा राजिव घिमिरे तेस्रो भए । प्रतियोगिताको ग्रस तर्फ ३ अन्डर अंकसहित सुमन परियार विजेता भए भने गजेन्द्र लिम्बु उप-विजेतामा सीम...
संखुवासभाको तुम्लिङटारमा वृद्धको शंकास्पद मृत्यु

संखुवासभाको तुम्लिङटारमा वृद्धको शंकास्पद मृत्यु

विराटनगर । संखुवासभा एक वृद्धको शंकास्पद मृत्यु भएको छ । प्रहरीका अनुसार खाँदबारी नगरपालिका-९ तुम्लिङटारमा ७२ वर्षीय मीनबहादुर कुमालको शंकास्पद मृत्यु भएको हो । उनकी श्रीमतीले प्रहरीलाई बताए अनुसार वृद्धलाई गएराति दुई जना नचिनेका मान्छेले सुतिरहेको अवस्थामा घाँटी थिचेका थिए । छिमेकी भेला हुँदा वृद्धको मृत्यु भइसकेको र अपरिचित व्यक्ति फरार भइसकेका खुलेको प्रहरीको भनाइ छ । ‘घटना शंकास्पद भएकाल...
माओवादी विराटनगर कमिटीमा राजवंशीको प्यानल निर्वाचित

माओवादी विराटनगर कमिटीमा राजवंशीको प्यानल निर्वाचित

विराटनगर । नेकपा माओवादी केन्द्र विराटनगर महानगर कमिटीको अध्यक्षमा दिनेश कुमार राजवंशी (देव) को प्यानल निर्वाचित भएको छ । आज भएको निर्वाचनमा राजवंशी सहित प्यानल नै निर्वाचित भएको हो । राजवंशी ४६ मतसहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नमिता न्यौपानेले ३५ मत प्राप्त गरिन् । यसअघि राजवंशी महानगरको उपाध्यक्ष थिए भने न्यौपाने पूर्व सचिव थिइन् । उपाध्यक्षहरूमा चन्द्रबहादुर वन, धर्मलाल माझी र सनोज ...
धनकुटाबाट मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ

धनकुटाबाट मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ

धनकुटा । धनकुटाबाट मोटरसाइकल चोरीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार ताप्लेजुङको फुङलिङ नगरपालिका-६ सुकेटारका २३ वर्षीय विषम गुरुङ पक्राउ परेका हुन् । साँगुरीगढी गाँउपालिका-६ भेडेटार स्थित गाँसबास होटलमा झापाको कन्काई नगरपालिका-३ का २९ वर्षीय रोशन भण्डारीले पार्किङ गरेर राखेको प्र.१-०१-०१६ प ७६९७ नम्बरको मोटरसाइकल शुक्रबार चोरी भएको थियो । प्रहरीका अनुसार आज बिहान होट...
धरानबाट ग्यारेजमा राखेको बस चोरी 

धरानबाट ग्यारेजमा राखेको बस चोरी 

विराटनगर । सुनसरीको धरान-८ बाट बस चोरी भएको छ । इलाका प्रहरी कार्यालय धरानका अनुसार मर्मतका लागि ग्यारेजमा राखिएको बस बिहीबार बेलुका चोरी भएको हो । इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगुका अनुसार ग्यारेजबाटै बस स्टार्ट गरेर लगिएको हो । बस चोरी भएको उजुरी परेपछि खोजी कार्य भइरहेको उनले जानकारी दिए । ‘चोरी भएको भनेर निवेदन परेको छ’, डीएसपी जबेगुले संगालोखबरसँग भने, ‘थप बुझ्ने काम भइरहे...
झापामा आन्दोलनबाट फर्किएका शिक्षक सवार बस दुर्घटना, २१ जना घाइते

झापामा आन्दोलनबाट फर्किएका शिक्षक सवार बस दुर्घटना, २१ जना घाइते

विराटनगर । झापामा शिक्षक सवार बस दुर्घटना भएको छ । दुर्घटनामा २१ जना शिक्षक घाइते भएका छन् । काठमाडौंको सडक केन्द्रित आन्दोलनमा सहभागी भएर फर्किएका शिक्षक सवार बस पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी नगरपालिका-९ दूधेमा आज बिहान दुर्घटना भएको हो । काठमाडौंबाट काँकाडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४२३५ नम्बरको बस आफैं अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेमध्...
सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार छ : मुख्यमन्त्री कार्की

सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले आयोजना गर्ने लगानी सम्मेलनबाट प्रदेशमा लगानीको वातावरण सिर्जना हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य सङ्घ कोशी प्रदेशले शुक्रबार विराटनगरमा आयोजना गरेको ‘कोशी प्रदेशको आर्थिक अवस्था लगानीका सम्भावना र चुनौती’ अन्तरसम्वाद कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । मुख्यमन्त्री कार्कीले अन्तरसम्वादबाट मह...
error: Content is protected !!