संगालोखबर

खोटाङ । चट्याङका कारण ऐँसेलुखर्क गाउँपालिका–३ तीनजना गम्भीर घाइते भएका छन् । गएराति परेको चट्याङले स्थानीय मोहन भुजेलका २१ वर्षीय छोरा डेनिस, दुर्गानाथ भुजेलकी ६ वर्षीया छोरी अनिसा र टेकबहादुर दर्जीकी १५ वर्षीया छोरी समीक्षा घाइते भएका हुन् ।

Advertisement

प्रहरीका अनुसार घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र ऐँसेलुखर्कमा उपचार भइरहेको छ । सुरुमा बेहोस भएका उनीहरूको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाइएको छ ।

चट्याङले स्थानीय बासिन्दाका घरमा रहेका विद्युतीय सामग्रीमा क्षति पुगेको जानकारी आएको प्रहरीले जनाएको छ । बिजुलीको मिटर, बल्ब टेलिभिजन जस्ता सामग्री जलेर क्षति भएको हो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!