महालक्ष्मी आगलागीः करोडभन्दा बढीको क्षति
धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–५ स्थित शिवरात्रिमा भएको आगलागीमा १ करोड रुपैयाँभन्दा बढीको धनमाल क्षति भएको छ । हिजो अपराह्न भएको आगलागीबाट स्थानीयका तीनवटा घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् । घरसहित धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट स्थानीय यज्ञबहादुर खड्का, श्रीचन्द्र बुढाथोकी र सूर्यबहादुर श्रेष्ठको घर जलेर नष्ट भएका छन् । यज्ञबहादुरको किराना पसल, सुनलगायत धनमाल चल्...



























