मधेस प्रदेशका मुख्यमन्त्री बने सिंह, १३ मन्त्री नियुक्त
जनकपुर । मधेस प्रदेशमा जनमत पार्टीका सतिशकुमार सिंह मुख्यमन्त्री नियुक्त भएका छन् । मुख्यमन्त्री सिंहले १३ जना मन्त्री नियुक्त गरेका छन् । नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरूले शुक्रबार प्रदेश प्रमुख सुभित्रा सुवेदी भण्डारीबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
मधेस सरकारमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले अर्थ र युवराज भट्टराईले उद्योग, वाणिज्य तथा पर्यटनमन्त्रीक...



























