कोशी प्रदेशमा ५०५ जनाको उम्मेदवारी दर्ता, कुन क्षेत्रमा कति उम्मेदवार ?
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशका १४ जिल्लामा ५ सय ५ जनाले मनोनयन दर्ता गराएका छन् । २८ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको कोशीमा सुनसरीको क्षेत्र नम्बर ४ मा सबैभन्दा धेरै ३४ जनाले मनोनयन दर्ता गरेका छन् ।
प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार सुनसरीमा कुल १ सय १० जनाले उम्मेदवारी दर्ता गराएका छन् । सुनसरी क्षेत्र नम्बर १ मा २६, २ मा...





























