धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो, यी हुन १२ घाइते
विराटनगर । सुनसरीको धरानमा आज दिउँसो भएको बस दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलेको छ । दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार धनुषा जिल्ला जनकपुर नगरपालिका-१ का १८ महिनाका रिसबकुमार मण्डल र महोत्तरी गैंडावेदपुरा-८ का ३१ वर्षीय धौरियकुमार यादवको मृत्यु भएको हो ।
यस्तै झापाको मेचीनगर-५ का १९ वर्षीय नैन थापामगर, सुनसरीको बराहक्षेत्र नगरपालिका-३ का २० वर्षीय उमेश राई र धरान उपमहान...






























