भीमनारायण गाेल्डकप : आज ब्वाइज इटहरी र गाईघाट फुटबल क्लब भिड्दै
धनकुटा । सहिद भीमनारायण गोल्डकपको १७ औं संस्करण अन्तरगत आजकाे खेलमा ब्वाइज फुटबल क्लब इटहरी र गाईघाट फुटबल क्लब उदयपुरबीच प्रतिष्पर्धा हुँदै छ । खेल अपराह्न चार बजेबाट सुरू हुनेछ ।
सहिद भीमनारायण स्मृति प्रतिष्ठान धनकुटाको आयोजनामा आइतबारदेखि जारी प्रतियोगितामा ‘ए’ डिभिजनसहित आठ टिमको सहभागिता छ ।
उद्घाटन खेलबाटै आयोजक सहिद भीमनारायण स्मृति धनकुटा प्रतियोगिताबाट बाहिरीएको छ । सप्तरीको नम...































