बजेटमा कोशी प्रदेशलाई उपेक्षा गरिएको छैनः प्रधानमन्त्री दाहाल

बजेटमा कोशी प्रदेशलाई उपेक्षा गरिएको छैनः प्रधानमन्त्री दाहाल

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहालले बजेटमा कोशी प्रदेशलाई उपेक्षा नगरिएको बताएका छन् । आगामी आर्थिक वर्षका लागि सरकारले सार्वजनिक गरेको बजेटमा कोशी प्रदेशलाई उपेक्षा गरिएको चर्चाका बीच प्रधानमन्त्रीले यस्तो बताएका हुन् । विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीमाझ बोल्दै उनले आवश्यकता एवं स्थिति अनुसार पर्याप्त बजेट र कार्यक्रम दिइएको भएपनि कोशीलाई बजेट कम भयो भनेर गलत प्रचार गरिएको बताए ...
धनकुटाको पाख्रीवासमा निःशुल्क स्वास्थ्य शिविर हुने

धनकुटाको पाख्रीवासमा निःशुल्क स्वास्थ्य शिविर हुने

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–४ स्थित जालपादेवी माध्यमिक विद्यालय परिसरमा जेठ १८ गते निःशुल्क स्वास्थ्य जाँच शिविर हुने भएको छ । युनिभर्सल यूथ ग्रुपको प्रविधिक सहयोग र फरवार्ड माइक्रोफाइनान्स लघुवित्त संस्था धनकुटाको आयोजनामा शिविर सञ्चालन गर्न लागिएको हो । शिविरमा पाठेघर क्यान्सर, स्तन क्यान्सर, निःसन्तान, सेतो पानी बग्ने, र महिनावारी गडबढी जस्ता महिलामा देखिने समस्याहरुको पहिचान गरी उ...
गहना चोर्न झापाको बिर्तामोडकी वृद्धाको हत्या, दुईजना पक्राउ

गहना चोर्न झापाको बिर्तामोडकी वृद्धाको हत्या, दुईजना पक्राउ

झापा । झापाको बिर्तामोड नगरपालिका–४ की ६८ वर्षीया विष्णुमाया बिष्टको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । घटनाको २० दिनपछि प्रहरीले स्थानीय गंगा राजवंशी र महेश राजवंशीलाई पक्राउ गरेको हो । पक्राउ परेको दुवैले घटनामा आफूहरुको संलग्नता रहेको स्वीकारेको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट बिष्टले लगाउने गरेको सुनको चुरा, सिक्रीलगायत गरगहना बरामद गरिएको छ । दुवैजना बिष्टक...
मोटरसाइकल दुर्घटना हुँदा मोरङको मिक्लाजुङमा एकजनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा मोरङको मिक्लाजुङमा एकजनाको मृत्यु

विराटनगर । मोरङको मिक्लाजुङमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मिक्लाजुङ गाउँपालिका–६ कत्ले भन्ने ठाउँमा अनियन्त्रित भइ मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ । टाँडीबाट किसानचोकतर्फ जाँदै गरेको को ७ प ७६९२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा त्यसका चालक मोरङको पथरीशनिश्चरे–२ का ३० वर्षीय करण खड्काको मृत्यु भएको हो । बुधबार बेलुका भएको दुर्घटनामा गम्भीर घाइते भए...
विराटनगरमा ‘श्रमाधान रोजगार मेला’ आजदेखि, प्रधानमन्त्रीले उद्घाटन गर्ने

विराटनगरमा ‘श्रमाधान रोजगार मेला’ आजदेखि, प्रधानमन्त्रीले उद्घाटन गर्ने

विराटनगर । विराटनगरमा बिहीबार ‘श्रमाधान रोजगार मेला’ सुरु हुँदैछ । मेलाको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने तय भएको छ । विराटनगरको सिटी प्यालेस होटल एन्ड रिसोर्टमा हुने उद्घाटनको तयारी पूरा भएको मेलाको संयोजन गरिरहेको नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले जनाएको छ । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसहित श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, कोशी प्रदेश...
रंगेली जग्गा कब्जा प्रकरणः मेयर र उपमेयरको दबाबमा आरोपित पक्राउ नपरेको आरोप

रंगेली जग्गा कब्जा प्रकरणः मेयर र उपमेयरको दबाबमा आरोपित पक्राउ नपरेको आरोप

विराटनगर । मोरङको रंगेली नगरपालिकाका नगरप्रमुख दिलिपकुमार अग्रवाल र उपप्रमुख भुमा पराजुलीको दबाबमा आरोपितहरू पक्राउ नपरेको आरोप पीडितले लगाएका छन् । पक्राउ पूर्जी जारी भएको साता दिनसम्म पनि आरोपितहरु पक्राउ पर्न सकेका छैनन् । सरकारी कागजपत्र कीर्ते गरेर जग्गा र उद्योग कब्जा गर्न खोजेको आरोपमा गत जेठ ९ गते रंगेली–४ का वडाध्यक्षसहित १३ जनाविरुद्ध मोरङ अदालतबाट पक्राउ पूर्जी जारी भएको थियो । तर अ...
विराटनगरमा रोजगार मेलाः जागिरको खोजीमा रहेकालाई अवसर

विराटनगरमा रोजगार मेलाः जागिरको खोजीमा रहेकालाई अवसर

विराटनगर । तपाईंसँग सीप र क्षमता छ ? जागिरको खोजीमा भौंतारिइरहनुभएको छ ? त्यसो हो भने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा विराटनगरसहित देशभर हुने ‘श्रमाधान रोजगार मेला’ ले तपाईंलाई जागिर दिलाउन सक्छ । मोरङको विराटनगरस्थित सिटी प्यालेस होटल एन्ड रिसोर्टमा जेठ १७ गते बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने ‘श्रमाधान रोजगार मेला’ तपाईंका लागि जागिर पाउने उपयुक्त थलो ...
प्रिन्सिपल एसोसिएसन धनकुटाको अध्यक्षमा राई

प्रिन्सिपल एसोसिएसन धनकुटाको अध्यक्षमा राई

धनकुटा । प्रिन्सिपल एसोसिएसन अफ नेपाल धनकुटाको नवगठित समितिको अध्यक्षमा गोविन्द राई निर्वाचित भएका छन् । एसोसिएसन जिल्ला अधिवेशनबाट राईको अध्यक्षतामा २५ सदस्यीय समिति गठन भएको हो । समितिको उपाध्यक्षमा जीवनकुमारी राई, सचिवमा विनोदप्रसाद सुवेदी, सहसचिवमा बिनोद वस्ती चुनिएका छन् । यस्तै, कोषाध्यक्षमा भरत लिम्बु छन् । प्रिन्सिपल एसोसिएसन अफ नेपाल कुनै पनि राजनैतिक संगठन नभएको र यसले विद्यालयमा सुधा...
कोशी प्रदेशको बेरुजु १ अर्ब ३१ करोड ७६ लाख

कोशी प्रदेशको बेरुजु १ अर्ब ३१ करोड ७६ लाख

विराटनगर । कोशी प्रदेशको बेरुजु १ अर्ब ३१ करोडभन्दा बढी देखिएको छ । महालेखापरीक्षकको कार्यालयले बुधबार कोशीका प्रदेशका प्रदेश प्रमुखलाई बुझाएको छैटौं लेखापरीक्षण प्रतिवेदनले बेरुजु औँल्याएको हो । प्रदेश प्रमुख पर्शुराम खापुङलाई बुझाएको प्रतिवेदनअनुसार कोशीमा आर्थिक वर्ष २०७९/०८० मा १ अर्ब ३१ करोड ७६ लाख १० हजार रुपैयाँ बेरुजु देखिएको हो । महालेखापरीक्षकको कार्यालयका नायव महालेखापरीक्षक श्रीप्रस...
मोरङका १७ पालिकामध्ये सबैभन्दा कम विराटनगर, बढी पथरीशनिश्चरेको बेरुजु

मोरङका १७ पालिकामध्ये सबैभन्दा कम विराटनगर, बढी पथरीशनिश्चरेको बेरुजु

विराटनगर । मोरङका १७ पालिकामध्ये विराटनगर महानगरपालिको सबैभन्दा कम बेरुजु प्रतिशत देखिएको छ । महालेखा परीक्षकको ६१औं प्रतिवेदनअनुसार विराटनगर महानगरपालिका सबैभन्दा कम बेरुजु प्रतिशत १.०३ भएको पालिकामा परेको हो । पथरीशनिश्चरे नगरपालिका सबैभन्दा बढी बेरुजु प्रतिशत ३.५२ हुने पालिकामा परेको छ । विराटनगर महानगरपालिकाको हालसम्मको ६ अर्ब ८९ करोड ३१ लाख ६३ हजार रुपैयाँ रकम लेखा परीक्षण गर्दा बेरुजु रकम...
कोशी सरकारविरुद्ध परेको रिटमा सुनुवाइ स्थगित

कोशी सरकारविरुद्ध परेको रिटमा सुनुवाइ स्थगित

विराटनगर । कोशी प्रदेश सरकार गठन विवादमा परेको रिटमाथिको सुनुवाइ स्थगित भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र शारंगा सुवेदीको इजलासमा पेशी परेको भए पनि उक्त मुद्दा ‘हेर्न नभ्याइने’ मा परेर स्थगित भएको हो । निर्वतमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा बहस गर्ने कानुन व्यवसायी धेरै भएको भन्दै इजलासले अर्कै दिनका लागि पेशी तोक्ने सल्लाह मागेपछि कानुन व्यवसायीले सहमति ...
धनकुटाको सल्लेरी बनमा लागेको आगो नियन्त्रणमा

धनकुटाको सल्लेरी बनमा लागेको आगो नियन्त्रणमा

धनकुटा । सदरमुकाम धनकुटा नगरपालिका–६, स्थित सल्लेरी बनमा भएको आगलागी नियन्त्रणमा आएको छ । बन क्षेत्रमा दिउँसो करिब २ बजेबाट सुरु भएको आगलागी दुई घण्टापछि नियन्त्रणमा आएको हो । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय मिलेर धनकुटा नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रण लिइएको हो । आगलागी कसरी भएको हो भन्ने खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाए...
गर्मी अत्यधिक बढेपछि इटहरीका विद्यालय दुई दिन बिदा

गर्मी अत्यधिक बढेपछि इटहरीका विद्यालय दुई दिन बिदा

सुनसरी । गर्मी अत्यधिक बढेर विद्यार्थी तथा शिक्षक, कर्मचारीको स्वास्थ्य प्रभावित हुने अवस्था आएपछि सुनसरीको इटहरीका विद्यालयहरुमा बिदा दिइएको छ । इटहरी उपमहानगरपालिकाले सूचना जारी गर्दै विद्यालयहरुमा बिदा दिइएको जानकारी दिएको छ । उपमहानगरपालिकाले बुधवार सूचना जारी गर्दै इटहरी उपमहानगरभित्र सञ्चालित संस्थागत, सामुदायिक, धार्मिक तथा सामुदायिक सिकाई केन्द्रहरूमा जेठ १७ र १८ गते २ दिन बिदा हुने जान...
कान्तिपुरका सुरक्षागार्ड मृत अवस्थामा भेटिए

कान्तिपुरका सुरक्षागार्ड मृत अवस्थामा भेटिए

विराटनगर । कान्तिपुर मिडिया ग्रुपको मोरङमा रहेको प्रदेश कार्यालयमा कार्यरत सुरक्षा गार्ड मृत अवस्थामा भेटिएका छन् । मोरङको बूढीगंगा गाउँपालिका–४ नेमुवास्थित कान्तिपुरको प्रादेशिक कार्यालयका सुरक्षा गार्ड कोठामा सुन्दरहरैँचा नगरपालिका–९ घर भएका ५० वर्षीय बलबहादुर बस्नेत मृत फेला परेका हुन् । प्रहरीका अनुसार उनी झुन्डिएको अवस्थामा बुधवार मृत भेटिएका हुन् । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्...
धनकुटाको सल्लेरी बन क्षेत्रमा आगलागी, निभाउने प्रयास जारी

धनकुटाको सल्लेरी बन क्षेत्रमा आगलागी, निभाउने प्रयास जारी

धनकुटा । धनकुटा नगरपालिका–६ मा पर्ने सल्लेरी बन क्षेत्रमा आगलागी भइरहेको छ । आँखा अस्पतालभन्दा अलि मास्तिरको क्षेत्रमा आगलागी भएको हो । दमकल प्रयोग गरी आगो निभाउने प्रयास भइरहेको छ । नेपाली सेना, प्रहरी र स्थानीय बासिन्दा मिलेर आगो निभाउने प्रयासमा लागिरहेका छन् । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।
सर्पले टोकेर मोरङको कानेपोखरीका बालकको मृत्यु

सर्पले टोकेर मोरङको कानेपोखरीका बालकको मृत्यु

विराटनगर । सर्पले टोकेर मोरङको कानेपोखरीमा एकजना बालकको मृत्यु भएको छ । सुतिरहेका बेला बिषालु सर्पले टोकेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । कानेपोखरी गाउँपालिका–१ होक्लाबारीका युवराज राउतका ११ वर्षीय छोरा प्रान्जल राउतको मृत्यु भएको प्रहरीले जनाएको छ । घरभित्र सुतिरहेका बेला उनलाई मध्यराति सर्पले डसेको थियो । उपचारका लागि ती बालकलाई विराटनगरको कोशी अस्पताल ल्याइएको थियो ।...
हावाहुरीले झापामा कृषि बाली र उद्योगमा नोक्सानी

हावाहुरीले झापामा कृषि बाली र उद्योगमा नोक्सानी

झापा । हावाहुरीले झापाका विभिन्न स्थानमा क्षति पुगेको छ । मंगलबार राति आएको हुरीले केही उद्योगहरुमा क्षति भएको छ भने किसानले लगाएका बालीमा पनि नोक्सानी पुगेको प्रहरीले जनाएको छ । हुरीको असरले मेचीनगर–१० मा रहेको हलेसी भेनियर उद्योगमा एक करोड रुपैयाँको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भेनियर पाता, कामदार बस्ने कटेज, पिलिङ मेसिन लगायतमा क्षति भएको जनाइएको छ । यसैगरी सिद्धविन...
प्रेस युनियनद्वारा पत्रकार महासंघ धनकुटा शाखामा तालाबन्दी

प्रेस युनियनद्वारा पत्रकार महासंघ धनकुटा शाखामा तालाबन्दी

धनकुटा । नेपाल प्रेस युनियन धनकुटाले नेपाल पत्रकार महासंघको शाखा कार्यालयमा ताला लगाएको छ । सदस्यता शुद्धीकरणको नाममा भेदभाव भएको भन्दै युनियनले बुधवार महासंघ अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेको हो । महासंघको विधानअनुसार जिल्ला शाखाले पत्रकारका जिल्लास्थित संघ, संगठनसँग भएको सहमतिमा सर्वसम्मत रुपमा केन्द्रमा नवीकरण र नयाँ सदस्यता सिफारिसका लागि पठाएको सूचीलाई बेवास्ता गरिएको युनियनको आरोप छ ।...
मोरङमा २७१ किलो गाँजा बरामद, एकजना पक्राउ

मोरङमा २७१ किलो गाँजा बरामद, एकजना पक्राउ

विराटनगर । मोङका छुट्टाछुट्टै स्थानबाट ठूलो परिमाण गाँजा बरामद भएको छ । भारततर्फ लैजान खोजिएको २७१ किलो गाँजा प्रहरीले बरामद गरेको हो । इलाका प्रहरी कार्यालय रानीको टोलीले मंगलबार राति विराटनगर महानगरपालिका–१४ जतुवाबाट १८१ किलो गाँजा बरामद गरेको छ । प्रदेश १–०२–००१ ख ९२७० नम्बरको मिनी ट्रकमा राखिएको अवस्थामा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । कूचो निकासी गर्ने बहानामा उक्त ट्रकमा गाँजासमेत...
कोशी सरकारविरुद्धको रिटमा आजदेखि सुनुवाइ

कोशी सरकारविरुद्धको रिटमा आजदेखि सुनुवाइ

विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिटमा बुधबारदेखि सुनुवाइ हुँदैछ । यसअघि जेठ ९ गते अदालतले मुख्यमन्त्रीको रूपमा हिक्मतकुमार कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ अनुसार नियुक्ति गर्ने निर्णयको सक्कल फाइल झिकाउन आदेश गरेको थियो । वैशाख २८ गते न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेशका लागि छलफलमा बोलाउने आदेश गरेको थियो । ...
एमाले कोशी प्रदेश संसदीय दलको उपनेतामा मेन्याङ्बो

एमाले कोशी प्रदेश संसदीय दलको उपनेतामा मेन्याङ्बो

विराटनगर । नेकपा एमाले कोशी प्रदेश संसदीय दलको उपनेतामा तिलकुमार मेन्याङ्बो चयन भएका छन् । मंगलबार बसेको संसदीय दलको बैठकले ताप्लेजुङबाट प्रदेशसभा सदस्यमा निर्वाचित मेन्याङ्बोलाई दलको उपनेता चयन गरेको हो । यसअघि राम राना दलको कोशी प्रदेश संसदीय दलका उपनेता थिए । उनी आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएपछि संसदीय दलको उपनेताको जिम्मेवारी मेन्याङ्बोलाई दिएको नेकपा एमाले संसदीय दलका सचेतक ...
खोलामा डुबेर झापाका शिक्षकको मृत्यु

खोलामा डुबेर झापाका शिक्षकको मृत्यु

झापा । झापाको मेचीनगरस्थित नवज्योति माध्यमिक विद्यालयका शिक्षक धनराज भण्डारीको निन्दा खोलामा पौडी खेल्दा डुबेर मंगलबार मृत्यु भएकोे छ । मेचीनगर–३ निवासी ४० वर्षीय भण्डारी दिउँसो पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका थिए । प्रहरीका अनुसार उनलाई उद्धार गरी उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । खोलाबाट...
नोवेल मेडिकल कलेज र सशस्त्र प्रहरी बलबीच सहुलियतमा उपचार सम्झौता

नोवेल मेडिकल कलेज र सशस्त्र प्रहरी बलबीच सहुलियतमा उपचार सम्झौता

विराटनगर । सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हेड क्वाटर, सुनसरीको १७औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी बल तथा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएको छ । नेपालभरका सशस्त्र प्रहरी बलका बहालवाला, अवकाश प्राप्त प्रहरी कर्मचारीहरु, उनीहरुका आश्रित परिवार, अमर सशस्त्र प्रहरी सहिद परिवार साथै नेपाल एपिएफ स्कुलमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले...
कोशी प्रदेशलाई ‘उद्योग हब’ बनाउने घोषणा

कोशी प्रदेशलाई ‘उद्योग हब’ बनाउने घोषणा

विराटनगर । अर्थमन्त्री बर्षमान पुनले आउँदो आर्थिक वर्षमा प्रत्येक प्रदेशलाई फरक आर्थिक हबका रूपमा विकास गर्ने घोषणा गरेका छन् । मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री पुनले सात प्रदेशलाई फरक फरक आर्थिक हब बनाउने घोषणा गरेका हुन् । उनले कोशी प्रदेशलाई उद्योग, मधेश प्रदेशलाई कृषि, वाग्मती प्रदेशलाई सूचना प्रविधि, गण्डकी प्रदेशलाई पर्यटन, लुम्बिनी प्रदेशलाई साना तथा मझौला उद्...
सातै प्रदेशमा हुने ‘श्रमाधान रोजगार मेला’ कोशी प्रदेशबाट शुभारम्भ गरिने

सातै प्रदेशमा हुने ‘श्रमाधान रोजगार मेला’ कोशी प्रदेशबाट शुभारम्भ गरिने

विराटनगर । कोशी प्रदेशसहित देशका सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजना मेला आयोजना हुन लागेको हो । मेलाको शुभारम्भ भने कोशी प्रदेशबाट हुने विराटनगरमा पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । कोशी प्रदेशको विराटनगरमा जेठ १७ गते मेलाको शुभारम्भ भएर १८ गते समापन हुने नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश अध्यक्ष राजेन्द्र ...
करेन्ट लागेर मोरङमा दुईजनाको मृत्यु

करेन्ट लागेर मोरङमा दुईजनाको मृत्यु

विराटनगर । मोरङका बेग्लाबेग्लै स्थानमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका र सुनवर्षी नगरपालिकामा भएका घटनामा बालकसहित दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । विराटनगर महानगरपालिका–८ देवकोटा चोकस्थित खानेपानी कार्यालयको क्वार्टरमा बस्दै आएका सुरज चौधरीका चार वर्षीय छोरा टेरेन्स चौधरीको करेन्ट लागेर मृत्यु भएको छ । कोठाभित्रै खेलिरहेका बेला ती बालकलाई बिजुलीमा जोड्ने मल...
ट्याक्टर र अटो ठोक्किँदा भोजपुरमा बालिकाको मृत्यु

ट्याक्टर र अटो ठोक्किँदा भोजपुरमा बालिकाको मृत्यु

भोजपुर । भोजपुरको अरुण गाउँपालिका–६ जरायोटारमा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मध्यपहाडी लोकमार्गको भोर्लाबोट भन्ने स्थानमा भएको दुर्घटनामा स्थानीय एक बालिकाको सोमबार बेलुका मृत्यु भएको छ । लेगुवाबाट भोजपुरतर्फ आउँदै गरेको प्र–२०३–००३ त २८९० नम्बरको ट्याक्टर र विपरीत दिशातर्फ जाँदै गरेको प्र १–०२–००३ ह ६७४ नम्बरको अटो आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटना...
धनकुटामा ट्याक्टर दुर्घटना: एकजनाको मृत्यु, १९ घाइते (अपडेट)

धनकुटामा ट्याक्टर दुर्घटना: एकजनाको मृत्यु, १९ घाइते (अपडेट)

धनकुटा । धनकुटाको छथरजोरपाटी गाउँपालिका–४, पाथीभरा डाँडानजिक भएको ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् । केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर अवस्थाका चारजना घाइतेलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । अन्य घाइतेको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ । सिधुवाबाट मलामी लिएर त्रिवेणी घाटतर्फ जा...
धनकुटाको तेलियामा मलामी बोकेको ट्याक्टर दुर्घटना

धनकुटाको तेलियामा मलामी बोकेको ट्याक्टर दुर्घटना

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाको तेलियामा मलामी बोकेको ट्याक्टर दुर्घटना भएको छ । सोमबार अपराह्न भएको दुर्घटनामा परी एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत भइसकेको छैन । दुर्घटनामा १५ जना घाइते भएको प्रारम्भिक अनुमान छ । प्रहरीले घाइतेहरुको उद्धार गरी अस्पताल पुर्याउने काम भइरहेको जनाएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ...
सम्पर्कविहीन बनेकी मोरङको कटहरीकी बालिका मृत भेटिइन्

सम्पर्कविहीन बनेकी मोरङको कटहरीकी बालिका मृत भेटिइन्

विराटनगर । घरबाट हिँडेपछि सम्पर्कविहीन बनेकी मोरङको कटहरीकी बालिका मृत अवस्थामा भेटिएकी छन् । कटहरीस्थित सुखानी खोलामा उनको शव भेटिएको प्रहरीले जनाएको छ । कटहरी गाउँपालिका–५ का धर्म झाँगडकी ७ वर्षीया छोरी प्रीति झाँगडको शव फेला परेको हो । उनको खोलामा डुबेर मृत्यु भएको अनुमान गरिएको छ । घर नफर्केपछि उनको खोजी गरिएको थियो । खोजीका क्रममा सोमबार उनी मृत अवस्थामा फेला परेकी हुन् । घटनाबारे अनुसन्ध...
एमाले धनकुटाका नवनिर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण

एमाले धनकुटाका नवनिर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण

धनकुटा । नेकपा (एमाले) धनकुटाका नवनिर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् । सोमबार धनकुटा नगरपालिका–७ स्थित श्रीवनीमा रहेको एमाले पार्टी कार्यालयमा पदाधिकारीहरुले पदभार ग्रहण गरेका हुन् । सोमबार सम्पन्न आठौँ जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष शिव आङ्ला लगायत पदाधिकारीहरुले पदभार ग्रहण गरेका थिए । त्यसपछि अध्यक्ष आङ्ला, उपाध्यक्ष चिन्तन तामाङ, सचिब पर्शुराम नेपाल, उपसचिव नैन विश्वकर्मा र...
error: Content is protected !!