‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गठन, अध्यक्षमा विवश पोखरेल
विराटनगर । विराटनगर महानगरपालिकाले भाषा, साहित्य, संस्कृति र कलाको विकास गर्ने उद्देश्यले ‘विराटनगर प्रज्ञा प्रतिष्ठान’ गठन गरेको छ । बिहीबार बसेको कार्यपालिका बैठकले वरिष्ठ साहित्यकार विवश पोखरेलको अध्यक्षतामा प्रतिष्ठान गठन गरेको हो ।
बैठकले सरला चापागाईंलाई उपाध्यक्ष र सदस्य सचिवमा साहित्यकार दिङ्लाली कान्छो (दिनेशराज सुवेदी) लाई मनोनयन गरेको छ । कार्यपालिका बैठकले माया पौडेल आशावादी (नृत्य...





























