विराटनगरबाट १० लाखको प्रतिबन्धित औषधीसहित एक जना पक्राउ
विराटनगर । विराटनगरबाट १० लाख बराबरको प्रतिबन्धित औषधीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर–१० स्थित न्युरो अस्पताल नजिकै डेरामा बस्ने विराटनगर–५ का विक्रम मण्डललाई ६९ प्रकारका औषधीसहित प्रहरीले पक्राउ गरेको हो ।
विषेश सूचनाका आधारमा खटिएको प्रहरी टोली उनको कोठामा पुगेको थियो । कोठामा तलासी गर्दा १० लाख ३ हजार १८० रुपैयाँ बराबरका औषधी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएक...





























