ओखलढुंगाकी एक महिलाले जन्माइन एकैपटकमा तीन बच्चा
ओखलढुंगा । ओखलढुंगाबाट हेलिकप्टरमार्फत उद्दार गरिएकी एक महिलाले एकैपटकमा तीन बच्चा जन्माएकी छिन् । चम्पादेवी गाउँपालिका–५ की सान्ता कार्की बुढाथोकीले एकैपटक दुई छोरा र एक छोरी जन्माएकी हुन् ।
आइतबार प्रसूती बेथा लागेर स्थानीय स्वास्थ्य चौकीमा जाँदैगर्दा उनले छोरी जन्माएकी हुन् । तर, अरु बच्चा जन्माउँन नसक्ने अवस्था भएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत उनलाई हेलिकप्टरमार्फत काठमाडौं प...




























