संगालोखबर सम्वाददाता

ओखलढुंगा । ओखलढुंगाबाट हेलिकप्टरमार्फत उद्दार गरिएकी एक महिलाले एकैपटकमा तीन बच्चा जन्माएकी छिन् । चम्पादेवी गाउँपालिका–५ की सान्ता कार्की बुढाथोकीले एकैपटक दुई छोरा र एक छोरी जन्माएकी हुन् ।

Advertisement

आइतबार प्रसूती बेथा लागेर स्थानीय स्वास्थ्य चौकीमा जाँदैगर्दा उनले छोरी जन्माएकी हुन् । तर, अरु बच्चा जन्माउँन नसक्ने अवस्था भएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत उनलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको हो ।

काठमाडौस्थित थापाथली प्रसूती गृहमा अप्रेसनमार्फत उनले थप दुई सन्तानलाई जन्म दिएकी हुन् । हाल आमा र बच्चाहरुको अवस्था सामान्य रहेको परिवारले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!