संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाका सगरमाथा आरोही युवा तेन्जी शेर्पाले छथर जोरपाटीस्थित हलहले पटेक डाँडाको सरसफाई गरेका छन् । छथर जोरपाटी गाउँपालिका–६ सिधुवाका शेर्पाले पर्यटकीय गन्तब्यको रुपमा विकास हुँदै गएको पटेक डाँडाको सरसफाई गरेका हुन् ।

Advertisement

सरकारले सय पर्यटकीय क्षेत्रमा समेटेको सो स्थानमा पछिल्लो समय पर्यटकको चाप बढ्दै गएको छ । पर्यटकको संख्या बढेसँगै सो क्षेत्रमा फोहोर पनि बढेपछि शेपाको पहलमा उनीसहित केही युवाहरुले स्वतस्फूर्त रुपमा सरसफाई गरेका हुन् । प्लाष्टिकजन्य, सिसाजन्य र कागजको फोहोर करिब २ सय किलो संकलन गरि व्यवस्थापन गरिएको शेर्पाले संगालोखबरलाई जानकारी दिए ।

फोहोरले पर्यटकीय क्षेत्रको पर्यावरणमा असर पार्ने हुनाले सरसफाई गरिएको शेर्पाले बताए । उनले सो स्थानमा फोहोर फाल्ने डस्विनहरुको व्यवस्था मिलाउँन गाउँपालिकालाई आग्रह पनि गरेका छन् । २३ बर्षीय शेर्पा धनकुटाका एक मात्र सगरमाथा आरोही हुन् । उनले २०७६ जेठ २ गते सगरमाथाको सफल आरोहण गरेका थिए । सगरमाथा आरोहण गरेबापत छथर जोरपाटी गाउँपालिकाले शेर्पालाई सम्मानसमेत गरेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!