संगालोखबर सम्बाददाता
फायल तस्वीर

झापा । झापामा आगलागी हुँदा जलेर एक जनाको मृत्यु भएको छ । आज विहान करिव पौने १ बजे कचनकबल गाउँपालिका–१ घेराबारीका गोबर्धन राजबंशीको एक तले घरमा आगलागी हुँदा जलेर उनको मृत्यु भएको हो ।

आगलागीबाट एउटा गाई, दुई वटा बाछा र तीन वटा बाख्रासमेत जलेका छन् । प्रहरी चौकी घेराबारीबाट खटिएको प्रहरी टोली, भद्रपुर तथा बिर्तामोड नगरपालिकाको दमकल र स्थानीयबासीले रातीपौने २ बजे आगो नियन्त्रणमा लिएका थिए । आगलागीका कारण घर पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

Advertisement

काठको खम्बा, टिनको बेरा र टिनकै छानो भएको एक तले घरमा राजवंशीको ११सदस्यीय परिवार बस्दै आएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!