संगालोखबर सम्वाददाता

सुनसरी । सुनसरीको ईनरुवा नगरपालिका–२ बलाहा नहरबाट २ सय ५० केजी गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भोजपुरको हतुवागडि गाउँपालिका–९ का २७ बर्षीय अर्जुन खड्का र धरान–१ का २६ बर्षीय ज्याक्सन श्रेष्ठ छन् ।

Advertisement

को १ च ९८५२ नम्बरको बलेरोमा ठूलो परिमाणमा गाँजा तस्करी भईरहेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षकसहितको कमाण्डमा खटिएको टोलीले ब्यारिकेटसहित चेकिङ राखेको थियो । तर बराहक्षेत्रबाट आएको उक्त बलेरो ब्यारिकेट लडाएर भाग्यो । ब्यारिकेट लडाएर भागेको बलेरोलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी उपरीक्षकको कमाण्डमा खटिएको टोलीले बलाहा नहरबाट नियन्त्रणमा लिएको हो ।

बलेरोलाई नियन्त्रणमा लिन १ राउण्ड फायरसमेत भएको प्रहरीले जनाएको छ । साथै बलेरो भाग्ने क्रममा को १ ब २४३६ र को १ ब २१०५ नम्बरका मोटरसाईकललाई क्षति पुर्याएको र एक जना प्रहरीसमेत घाईते भएका छन् । बलेरोमा २५० केजी गाँजा, १ लाख ५४ हजार नगद र एउटा खुकुरी फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!