संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा आइतवारदेखि मेघा सेल मोवाइल एक्सचेन्ज मेला सुरु भएको छ । बिभिन्न मोवाइल कम्पनीसँग सहकार्य गरेर धनकुटाको मदनचौकस्थित मानव मोवाइल पसलले मेला आयोजना गरेको हो ।

Advertisement

प्रेम दिवसलाई लक्षित गरेर आयोजना गरिएको मेला आगामी फागुन २ गतेसम्म सञ्चालन हुने मानव मोवाइल पसलका सञ्चालक रमेश पौडेलले जानकारी दिए । उनका अनुसार मेलामा जुनसुकै कम्पनीको पुरानो मोवाइल सेट साटेर उचित मूल्यांकन गरी आफुले चाहेको कम्पनीको नयाँ सेट लैजान सकिनेछ । मेलामा हरेक मोवाइल सेट खरिद गर्दा हात खाली नजाने उपहार दिइनेछ । हात खाली नजाने उपहार पाएकाहरु मध्येबाट पुनः एक जनालाई बम्पर उपहार योजनामार्फत १५ देखि २० हजार मूल्य बराबरको स्मार्ट फोन उपलब्ध गराइनेछ ।

पसलमा आएर ५ सयभन्दा बढी मूल्यको सामान खरिद गर्ने ग्राहकहरुले पनि बमपर उपहार योजनामा सामेल भई मोवाइल उपहार जित्न सक्नेछन् । नयाँ मोवाइल खरिदमा बिशेष छुट र मोवाइल मर्मतमा पनि १५ प्रतिशत छुट दिइने मेला आयोजक मानव मोवाइल पसलले जनाएको छ ।

मोवाइल एक्सचेन्ज मेला धनकुटामा पहिलो पटक आयोजना गरिएको मानव मोवाइल पसलका सञ्चालक पौडेलले दावी गरेका छन् । रेड्मी, रियलमी, ओप्पो, भिभो, सामसुङ, वानप्लस लगायत मोवाइल कम्पनीसँगको सहकार्यमा मेला आयोजना गरिएको हो । मेलाको पहिलो दिन आइतवार उत्साहजनक कारोवार भएको आयोजक मानव मोवाइल पसलले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!