
तेह्रथुम । तेह्रथुमको लालिगुराँस नगरपालिका–३ मुसाङखेलका ४३ बर्षीय नरबहादुर लिम्बूले बन्चरोले हानेर श्रीमतीको हत्या गरेका छन् । बन्चरो प्रहारबाट ४७ बर्षीया मईतरानी लिम्बुको मृत्यु भएको हो ।
आज बिहान करिव ११ बजे नरबहादुरले घरायशी विवादका कारण मईतरानीलाई बन्चरोले हानेका थिए । घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट खटिएको टोलीले नरबहादुरलाई पक्राउ गरेको छ ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।