संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

खोटाङ । खोटाङमा बसले किच्दा आज बिहान एक वृद्धाको मृत्यु भएको छ । बसको चक्काले किचेर दिप्रुङ चुईचुम्मा–३ रोबलुङ छितापोखरीकी ७५ बर्षीया चन्द्र कुमारी मगरको मृत्यु भएको हो ।

बिहान करिव सवा ८ बजे छितापोखरी रसुवाघाट सहायक सडकखण्डमा ना ५ ख ९०२२ नम्बरको बसमा चढ्ने क्रममा वृद्धा चिप्लिएर लडेकी थिइन् । लडेपछि सोही बसको पछाडिको चक्काले किच्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

Advertisement

घटनापछि बस र चालक सुनसरीको बराहक्षेत्र–४ का ३५ बर्षीय दल बहादुर पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!