धनकुटा । प्रतिनिधि सभा विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव समूह निकट विद्यार्थी संगठन अनेरास्ववियूले धनकुटामा चक्काजाम गरेको छ । काेशी राजमार्गकाे धनकुटा-हिले सडकखण्डस्थित धनकुटा बहुमुखी क्याम्पसकाे गेट अगाडि अनेरास्ववियूले विहान साढे ८ बजेदेखि आधाघण्टा चक्काजाम गरेको हो ।
संसद् विघटन असंबैधानिक रहेकाले त्यसको विरोधमा चरणबद्ध आन्दोलनका कार्यक्रम अनुसार धनकुटामा पनि चक्काजाम गरिएको अनेरास्ववियुका केन्द्रिय सदस्य ईन्द्र बहादुर बिष्टले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले असंबैधानिक रुपमा संसद् विघटन गरेको भन्दै नेकपाको प्रचण्ड–नेपाल समूहले आन्दोलन गर्दै आएको छ ।