धनकुटा । धनकुटाको कागतेमा गाडी जुधेपछि कोशी राजमार्ग अवरुद्ध भएको छ । हिलेबाट धनकुटातर्फ आउँदै गरेको बा ३ क २५६३ नंम्बरको टिपर र को.१ ज ३५८६ नंम्बरको जीप एक आपसमा ठोक्किएपछि आज दिउँसो करिव १२ बजेदेखि राजमार्ग अवरुद्ध भएको हो ।
टिपरको पछाडिको भागमा ठोक्किदा जीपमा सामान्य क्षति पुगेको छ । घटनामा मानवीय क्षति भने भएको छैन । घटनापछि सडकमा सवारीसाधनहरु रोकिएका छन् । धनकुटाबाट ट्राफिक प्रहरी घटनास्थल गएर सडक खुलाउँने प्रयास गरिरहेको छ ।
अपडेट : गाडी जुधेपछि अवरुद्ध बनेकाे सडक करिब आधा घण्टापछि खुलेकाे छ । दिउँसो करिब १२ बजेदेखी अवरुद्ध बनेकाे सडक १२ः३० बजे खुलेकाे हाे । सडक अवरुद्ध बनेपछि धनकुटा बजारबाट ट्राफिक प्रहरी घटनास्थल पुगेकाे थियाे । अन्तत दुईपक्षबीचकाे विवाद मिलाएर सडक खुलाईएकाे हाे ।