संगालोखबर सम्बाददाता
फायल तस्बीर

विराटनगर । विराटनगर महानगरपालिका भित्रका १० वटा सडक पक्की बन्ने भएका छन् । संघिय सरकारको भौतिक तथा पूर्वाधार मन्त्रालयको बजेटमा सडक पक्की बन्न लागेका हुन् ।

नेकपामहानगर कमिटि अध्यक्ष सागर थापाले केही दिनअघि काठमाण्डौंमा भौतिक मन्त्री बसन्त नेम्वाङसँग डेलिकेसन गएर सडक कालोपत्रे गर्नका लागि पहल गरेका थिए । थापाका अनुसार लामो समय अघिदेखि सडक बनेपनि कालोपत्रे हुन नसकेका ती सडकमा केही समयभित्रै कालोपत्रे हुने भएको छ । यसका लागि विराटनगरस्थित डिभिजन सडक कार्यालयले सोमबार टेण्डरसमेत आह्वान गरेको छ ।
थापाका अनुसार विराटनगर ५ स्थित सिटी रुट अन्तर्गत विराटनगर ५ को वडा कार्यलयदेखि शान्तिचौकसम्म, वडा नम्बर २ को मुनाल मार्ग हुदै सोमबारे मार्गसम्म, वडा नं. १२ को पञ्चमुखी चौकदेखि मंगलबारे हाटियासम्म, वडा नं. ४ को सगरमाथा एकलबिया मार्ग, बाबाकुटी संजीवनी मार्ग, आर्यवेदीक मार्गमा कालोपत्रे हुने छन् ।

Advertisement

यस्तै विराटनगर ८ को संगम मार्ग, वडा नं. १७ को हिमालय मार्ग, वडा नं. ११ को जनसहयोग मार्ग, ६ को अमान मार्ग कालोपत्रे हुने भएको छ । सबै मार्गको दुरी करिब ४ किलोमिटर र लागत ५ करोड रुपैयाँ हुने डिभिजन सडक कार्यालय विराटनगरले जनाएको छ । कार्यालयका इन्जिनियर सुधिर कुमार झाका अनुसार टेण्डर प्रक्रिया सुरु भइसकेकाले आवश्यक प्रक्रिया पूरा गरि कामलाई अगाडि बढाइनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!